चम्पादेवी गाउँपालिका नेकपाका सबै जनप्रतिनिधि प्रचण्ड-नेपाल पक्षमा
कपन अनलाइन
ओखलढुंगा ,माघ १।
ओखलढुंगा जिल्चलाको म्पादेवी गाउँपालिमा नेकपाका तर्फ बाट निर्वाचोत बनेका सबै जनप्रतिनिधि प्रचण्ड-नेपाल पक्षमा सक्रिय बनेका छन।चम्पादेवी गाउँपालिकाका ४ वटा वडामा निर्वाचोत बनेका वडा अध्यक्ष र सदस्य सहित सम्पूर्ण जनप्रतिनिधिहरुले नेकपामा देखिएको विवाद संगै प्रचण्ड -नेपालको पक्षमा खुलेका हुन्।
चम्पादेवी गाउँपालिका वडा नं ५,६,७,र ९ मा नेकपाका उम्मेदवार विजयी बनेका थिए।वडा नं ५ का अध्यक्ष झलकमान तामांग,वडा नं ६ का अध्यक्ष तिलक खड्का ,वडा नं ७ का अध्यक्ष सुरेश थापा र वडा नं ९ का अध्यक्ष झम्कहरी बडाल सहित वडा सदस्यहरु प्रचण्ड -नेपाल पक्षमा रहेको एक वडा अध्यक्षले जानकारी दिएका छन।
चम्पादेवी गाउँ पालिकाको ५,६ र ७ नं वडामा तत्कालिन नेकपा माओवादीका उम्मेदवार विजयी बनेका थिए भने वडा नं ९ मा तत्कालिन नेकपा एमालेका उम्मेदवार विजयी बनेका थिए।