माघ १ : सिन्धुपाल्चोकमा पिस्कर काण्ड भएको दिन
कपन अनलाइन
सिन्धुपाल्चोक ,माघ १।
२०४० सालको माघे संक्रान्तिका दिन सिन्धुपाल्चकको पिस्कर काण्ड भएको थियो। सिन्धुपाल्चोक जिल्लाको पिस्कर मानेडाँडामा माघी मनाइरहेका जनताहरु माथि प्रहरी दमन हुँदा वीर बहादुर थामी र इले थामीको निधन भएको थियो।
उक्त स्थानमा भैरहेको सांस्कृतिक कार्यक्रम माथि भएको प्रहरी दमनमा परेर थप ५ जनाको मृत्यु भएको थियो भने साङडोल्मा, बेत्रावती पौडेल, सावित्री बोहरा, कर्णकुमारी बोहरा, चिनी कार्की, शोभा बोहरा, बिर्खमाया थामी, तारा बोहरा, ललितकुमारी बोहरा, मन बोहरा गिरफ्तार भएका थिए। त्यस्तै छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायत दर्जनौंले जेलको जीवन बिताउनु परेको थियो।
भूमिगतकालिन पार्टीका नेताहरुको प्रिय शेल्टरका रुपमा रहेको सो गाउँमा करिव २०० जना प्रहरीले आक्रमण गर्दा भएको घटना नै नेपाली राजनीतिक इतिहासमा पिस्कर काण्डका रुपमा चर्चित रहेको छ।