आफ्नै क्षेत्रका जनप्रतिनिधिले साथ दिएनन प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीलाई
कपन अनलाइन
काठमाडौं ,पुस २८ ।
अहिले नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद संगै विघठित प्रतिनिधि सभा र प्रदेस सभा सदस्यहरु आफ्नो निर्वाचन क्षेत्रलाई मजबुत र दरिलो बनाउनका लागि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आफ्नो पक्षमा पार्नका लागि दिनरात दौडधुपमा लागेका छन।
देश ब्यापी रुपमा चलेको यहि क्रम संगै काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा पनि स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो अडान र समर्थनलाई प्रस्ट पार्दै लगेका छन। प्रत्यक्ष जनता संग जोडिएर काम गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी पाएका जनप्रतिनिधिहरुले आफ्नो कित्ता प्रस्ट पार्नु पर्ने दवाव र परिस्थितिका विच बुढानिलकण्ठ नगरपालिकामा पनि प्रधानमन्त्री केपी ओली पक्ष र प्रचण्ड-नेपाल पक्षमा आफ्नो समर्थन अडान प्रस्ट पार्न थालेका छन।
यसै क्रममा बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाडौं क्षेत्र नं ४ (२ ) का जनप्रतिनिधिहरु पनि नेकपाका दुई पक्षमा खुलेर लागेका छन भने केहि जनप्रतिनिधि अझै तथस्ट अवस्थामा रहेका छन।
२०७४ शालमा भएको प्रदेस सभा निर्वाचनमा सानदार मत प्राप्त गरेर विजयी बनेका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले प्रचण्ड -नेपाल पक्षमा भेला बैठक र अभियान संचालन गरे पनि स्थानीय तहका जनप्रतिनिधिमा भने उनको पकड निकै फितलो देखिएको छ।
बुढानिलकण्ठ नगरपालिकाका १,२,८,९,१० ,११ ,१२ र १३ नं वडा रहेको यस निर्वाचन क्षेत्र बाट निर्वाचित बनेका कार्कीको पक्षमा कुनै पनि वडा अध्यक्ष उभिएका छैनन् भने वडा सदस्यहरुको शंख्या पनि दुई अंकमा पुग्न सकेको छैन।
अहिले नेपाल कम्युनिस्ट पार्टीमा देखिएको पक्षधरता प्पारस्र्नुट पर्ने अवस्थामा पुगेका जनप्रतिनिधिहरुका वारेमा सामाग्री तयार पार्नु पर्ने नगरवासीहरुको मागलाई शिरोपर गर्दै बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुमा रहेका जनप्रतिनिधिहरुको पक्षधरताको पछिल्लो अवस्थाकाका वारेमा यो सामाग्री तयार पारिएको छ।
नेकपाले क्षेत्रमा रहेका सबै वडामा क्लिन स्विप गरेको काठमाडौं क्षेत्र नं ४ (२) को वडा नं १ का ४ जना जनप्रतिनिधिहरु ओली पक्षमा खुलेका छन भने वडा सदस्य श्याम वाइबा प्रचण्ड -नेपाल पक्षमा देखिएका छन।
त्यस्तै वडा नं २ र ८ का सबै जनप्रतिनिधि केपी ओली पक्षमा सक्रिय बनेका छन भने वडा ९ का सदस्यहरु पर्शुराम कार्की र लड्डु खड्का पनि प्रधानमन्त्री ओलीको पक्षमा देखिएका छन। त्यस्तै वडा नं ९ की कार्यबाहक अध्यक्ष सुमित्रा पाण्डे अध्यक्ष प्रचण्डकी छोरी र बुहारी घरमै आएर सम्झाउने प्रयास गरे पनि कुनै पनि पक्षमा नखुल्नु निकै अर्थ पूर्ण रहेको चर्चा बुढानिलकण्ठ नगरपालिकामा चल्ने गरेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का पाचै जना जनप्रतिनिधि प्रधानमन्त्री ओलीको पक्षमा खुलेर सक्रिय बनेका छन भने वडा नं ११ का ४ जना जनप्रतिनिधि पनि ओली पक्षमा देखिएका छन। यसै क्रममा वडा नं ११ का सदस्य बिमल लामाले प्रचण्ड -नेपाल पक्षको नगर स्तरीय विस्तारित बैठकमा संचालक बनेर आफ्नो कित्ता प्रस्ट गरेका छन।
त्यसैगरी वडा नं १३ का सबै जनप्रतिनिधिले डा. राजन भट्टराईको विकास अभियानलाई साथ दिने भन्दै ओली पक्षमा सक्रिय बनेका छन भने वडा नम १२ का ४ जना जनप्रतिनिधिले पनि ओली पक्षलाई साथ दिएका छन।
त्यस्तै वडा नं १२ का सदस्य पुरुषोत्तम नेपाललाई प्रचण्ड-नेपाल पक्षको ट्याग लगाइए पनि उनि हाल सम्म एउटा बाहेक कुनै पनि कार्यक्रममा देखिएका छैनन्। नेपालले केहि दिन देखि आफ्ना सामाजिक संजालमा राखेका सामाग्रीहरु हेर्दा पार्टी भित्र देखिएको पछिल्लो विवादले उनि निरास बनेको देखिन्छ। समावेसिताको कारण देखाउदै साविक कपन गाउँ कमिटीको उपसचिव भन्दा माथि नेतृत्व विकास गर्न बाट रोकिएका नेपाल नगरपालिका बने संगै हाल वडा नं ११ का केहि भाग र वडा नं १२ समेटेर बनेको वडा नं १४ मा तत्कालिन नेकपा एमालेको अध्यक्ष बनेका थिए। नेपालले तत्कालिन नेकपा एमालेको वडा नं १२ अध्यक्ष र एकीकरण पश्चात नेकपा वडा नं १२ को सचिव रहेका थिए।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल र उपप्रमुख रमा राई प्रधानमन्त्री ओलीको पक्षमा खुलेर अभियान संचालन गरेका छन भने काठमाडौं क्षेत्र नं ५ का तिन वडामा विजयी हासिल गरेको नेकपाका वडा नं ५ र ७ का जनप्रतिनिधि नगर प्रमुख उपप्रमुख संगै उभिएका छन भने वडा नं ३ का अध्यक्ष बाल कृष्ण श्रेष्ठ प्रचण्ड-नेपाल पक्षमा खुलेर सक्रिय बनेका छन।