भूमिगतकालिन जीवन बिताएको तराईमा उपप्रधानमन्त्री ईश्वर पोखरेल (क.नबिन ) लाई न्यानो स्वागत

भूमिगतकालिन जीवन बिताएको तराईमा उपप्रधानमन्त्री ईश्वर पोखरेल (क.नबिन ) लाई न्यानो स्वागत

कपन अनलाइन

काठमाडौं ,पुस २८।

नेपाल कम्युनिस्ट पार्टीले धनुषा जिल्लामा आयोजना गरेको सभामा  साधुको भेषमा आएका एक जना बृद्धले कमरेड नबिन संग भेट्न खोज्दा त्यहाँ सुरक्षामा रहेका सैनिकले रोक्न खोजे तर पनि ति ब्यक्तिले कमरेड नबिनलाई भेट्ने इच्छा बारम्बार दोहोराई रहे। ति बृद्धको वारम्वारको आग्रह पछि मंचमा रहेका नेताहरुले छोड्न भन्दै उनलाई मंचमा लैजादा मैथलीमा के छ हालखबर भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई अंगालो हाले संगै कमरेड नबिनको परिचय खुलेको थियो।

लामो समय जनकपुर क्षेत्रमा भूमिगतकालिन जीवन बिताएका उपप्रधानमन्त्री पोखरेलले लामो समय सम्म प्रयोग गरेको नाम थियो कमरेड नबिन। जनकपुर क्षेत्रको धनुषामा पार्टी संगठन र जनमतलाई बलियो बनाउनका लागि हरेक गाउँ र क्षेत्रमा पुगेका पोखरेल अहिले पार्टीमा देखिएको विवाद संगै तराई क्षेत्रमा निरन्तर सक्रिय रहेका छन।

धनुषाको कार्यक्रममा मैथलीमा आफ्नो मन्तव्य राखेका पोखरेलले सो समयमा भूमिगतकालिन जीवनका पुराना सहयोद्दाहरु संग भेटघाट मात्र गरेनन उनले पुरानो समयको अनुभव पनी साटेका थिए। सो समयमा आफ्नो घर आगनमा आएर आफै संग मिठो मसिनो खादै परिवर्तन र विकासका लागि हातेमालो गरेका मित्र उपप्रधानमन्त्री बनेर आउँदा हर्षित बनेका स्थानीयहरुले उनलाई निकै आत्मीय र न्यानो स्वागत गरेका थिए।

पहिलो चरणमा सिराहा,धनुषा  सिन्धुली ,रामेछाप हुदै सिन्धुपाल्चोकको कार्यक्रममा पार्टीको नीति तथा आगामी कार्यभारका वारेमा प्रशिक्षण प्रदान गरेका उपप्रधानमन्त्री पोखरेलले दोश्रो चरणमा मकवानपुर र बाराको कार्यक्रमलाई सम्बोधन गरेका थिए।

नेपालको तराई क्षेत्रको रहन सहन र संस्कृति संग गहिरो रुपमा परिचित पोखरेल (क. नबिन ) ले  अवका केहि दिन सर्लाही ,मोरंग ,झापा र उदयपुर जिल्लाका कार्यक्रमहरुमा रहने उनको सचिवालयले जानकारी दिएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।