आधुनिक महाभारत : सन्तोष खडका
कपन अनलाइन
काठमाडौं ,पुस १२।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥
(श्रीमद्भगवद्गीता, अध्याय ४)
जब-जब धर्मको नाश हुन्छ र अधर्म को वृद्धिहुन्छ,
तब-तब म आफ्नो रुपलाई रच्ने छु साथै संसारमा सबैको अगाडि प्रकट हुने छु।। सज्जनहरुको रक्षा को लागी पापीहरुको बिनाशको लागि धर्मको पुनर्स्थापनाको लागी म युग युग मा प्रकट हुने छु ।।
यह हस्तिानापुर नहीँ कान्तिपुर हे, यह महा भारत नही महा नेपाल हे, परन्तु मे वही समय हुँ , अब देख्ना हे क्या होता हे ।
एक तरफ वलीका शेना हे, दुस्री तरफ प्रचण्ड–नेपालका शेना हे, दोनो तरफ धुरन्धुर योद्धा हे, दोनो ही शक्ति सुदृढीकरण कर रहेँ हे ।।
वि.स. २०५० को दशकमा यादव खरेलले नेपालमा पहिलो पल्ट पौराणीक कथामा आधारीत श्री स्वस्थानी नामक चलचित्र प्रर्दशन गर्दा अपेक्षीत सफल्ता पाएनन् किनकी हामी नेपालीले सधैँ हिन्दी बोल्ने भगवान मात्र देखेका थियौँ र अचानक नेपाली बोल्दा के नमिलेको के नमिलेको जस्तो भयो । यो काल आधुनिक महाभारतको हो र आधुनिक महाभारतको लडाईँ भने नेपालमा भईरहेको छ र यो युद्धमा छिमेकीहरु दाउ खोजीरहेका छन् । फेरी नेपालमा के नमिलेकोके नमिलेकोजस्तो अवस्थामा हिन्दि भाषाले त मिलाउनु पर्ने होकी भन्ने कुरामा शङ्का उब्जिएको छ ।
समयको वेग सँगै यहाँ पात्रहरु परिवर्तन भएका छन्, परिवेश परिवर्तन भएका छ तर “थिम” भने उही छ । महाभारतमा जस्तै फरक कोखबाट जन्मिएका दाजुभाईहरुनै युद्धको मैदानमा होमीएका छन्, शाशन शत्ताको भागबन्डा नमिलेकै कारण युद्धरत छन् र आफु अनुकुल परिस्थिति श्रृजनाको निम्तिनै दुवै तर्फका धुरन्धुर योद्धाहरु विभिन्न योजना र चक्रव्युह रच्न व्यस्त छन् । अहिले सम्ममा दुवै पक्षले आफूनै पाण्डव हो र आफूनै धर्म रक्षक हो भन्दै आ–फ्नो तर्क पेश गरिरहेका छन्,त्यसैले को कौरव र को पाण्डव भन्ने कुराको निक्र्योल हुन सकेको छैन तर जो विजयी भव हुन्छ उही नै पाण्डव शिद्ध हुन्छ ।
योद्धाहरुको अवस्थालाई नियाल्दा प्रचण्ड–नेपाल, काँग्रेश लगायत अन्य दलले शत्ताशीन यानिकी जसरी दुर्योधन हठी थिए र धृतराष्ट्र पुत्र मोहमा अन्धा थिए त्यसरी नै शत्तामा रहेका वली र भन्डारी नै यो युद्धको खलपात्र यानि दुर्योधन र धृतराष्ट्र हुन् भनि रहेका छन् भने त्यस तर्कलाई धेरै वुद्धीजीवी एवं विभिन्न तह र तप्काको पनि धेरथोर समर्थन रहेको छ । फेरी भागबन्डा नमिलेको हठ नत्याग्ने प्रचन्ड–नेपालाई पनि आधुनिक दुर्योधन र धृतराष्ट्र हुन् भन्ने आशय वली पक्षको हुने नै भयो । शकुनी मामाहरु चाहीँ दुवै तर्फ अनगिन्ती छन् ।
दुवै पक्षको भाव पनि उनीहरुको कोणबाट सही छ, एउटा भन्छ घेरावन्दी पारीयो अर्को भन्छ आफू खुशी भयो , तर आफू बस्न पाइन भन्दैमा अरुलाई पनि बस्न नमिल्ने गरी कुर्सीनै भत्काउने राजनितिको नीच रुप देखाएकाले वली पक्षकोसर्वत्रविरोधभएको छ।
जस्तो तर्क पेश गरेपनी दुई पक्ष मध्य जित त्यसको हुन्छ जस्लाई भगवान कृष्णको साथ मिल्छ र इतिहासले उसैलाई धर्म रक्षक भन्ला । अब कृष्णको भूमिका निर्वाचन आयोगले निभाउन सक्छ, सर्वोच्च अदालतले पनि उत्तिकै दावेदारी दिन सक्छ भने, दक्षिणी या हालको अवस्थामा उत्तरी छिमेकीले पनि नेपथ्यमा रहेर उक्त पात्रमा हक दावी गर्न सक्छ ।
सन्जयको भुमीकामा सञ्चार माध्यम छ, नागरीक अगुवा हरु छन्, कानूनविद र बुद्धिजीवीहरु छन् । अब हेर्नु यो छ की कृष्णले महाभारतमा जस्तै धर्मको प्रतिमा भनिएका आफ्नो फुपुको छोराहरुलाई साथ दिन्छन् की साँच्चैँनै निशपक्ष भएर नेपालको भविष्यलाई सही मार्गनिर्देशन गर्न साथ दिन्छन् , सन्जयले वास्तविक घटनाका चित्रण गर्छनकी अवसरवादीको पगरी पहीरन्छन् ।
सधैँ जस्तो यस् युद्धमा नेपालका सुदृढ भविष्यको निम्ति कृष्णको भूमीका महत्वपूर्ण हुन्छ किनकी यस् आधुनीक महाभारत युद्धमा भीष्म छैनन् जस्ले आफ्नो राष्ट्र शुरक्षीत भएपछी मात्र मृत्यु वरण गर्न सक्थे, या भनौँ अभिभावक हाम्रो सामु कोही भएन । यो कलियुग हो यहाँ कसैको भर हुन्न, त्यसैले पनि यी पात्रहरु कर्तव्यनिष्ठ हुन्छन् भन्नेमा शकां रहन्छ र यहाँ कुरा राजनितिको छ यसै पनि फोहोर हुन्छ, कुरा शक्तिको हुन्छ जस्को निम्ति सबैलाई लोभ हुन्छ ।
अब यही बेला हो राजावादी सलबलाउने, अधिनायकवाद जुर्मुराउने , अभिभावकको खाली रहेको पात्रको भूमीका अवलम्बन गर्न आतुर हुने र यती खेर आएर त्यो समूहको तर्कपनि जाहेज हुन्छ । यो पनि तय छ की, युद्ध जारी रहे विनाश निश्चित छ, विनाश आफ्नै वंशको हुन्छ, त्यत्रो वलिदानबाट प्राप्त व्यवस्थाको हुन्छ, न शासन शत्ता आफ्नो हातमा हुन्छ किनकी जनतले गल्ती गर्नेलाई सजाय दिएका प्रमाण हामी सँग अनगिन्ती छन् , साथसाथै देशमा अस्थिरतको प्रणाली राम्रोसँग झाँगीनेमा दुई मत छैन ।
सत्य यो पनि हो कि महाभारत युद्धमा जनताको कथा छैन, जनतालाई परेको पीर,मर्का र अन्यायको कथा छैन खाली राजकुमार हरुको आपसी घरायसी झगडा मात्र छ त्यसरीनै आधुनीक युगको महाभारतमा पनि राजनेता भनौँदा हरुको लडाईँ छ, जनताको पीर,मर्का र अन्यायको कतै महशुस गरिएको छैन ।
यी शाषकहरुको लडाईँमा पिल्सिने भनेको चाहीँ जनतानै हुन्छन् , जुनसुकै व्यवस्था आएपनि जनताको व्यथा उही नै छ , जनताको चेतना जागे खाली शक्ती बाँडफाँडमा झगडा गर्नेलाई सजाय दिन पर्खने छैनन् ।