काठमाडौं जिल्लाका तिन नगरपालिकामा मदन भण्डारी फाउन्डेसनको पत्रकारिता तालिम

कपन अनलाइन

काठमाडौं ,पुस ११।

काठमाडौं जिल्लाका तिन नगरपालिकामा मदन भण्डारी फाउन्डेसन काठमाडौंको आयोजनामा आधारभूत  पत्रकारिता तालिम संचालन भैरहेको छ।

काठमाडौं जिल्लाका दक्षिणकाली ,किर्तिपुर र चन्द्रागिरी नगरपालिकाका प्रत्येक वडा बाट २० देखि २५ वर्ष उमेर समुहका युवाहरुको सहभागिता रहेको उक्त तालिममा  ६ दिन शैदान्तिक र तिन महिना प्रयोगात्मक कक्षाहरु संचालन हुने आयोजकले जानकारी दिएको छ।

काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहका १३८ वडामा पत्रकारिता सम्बन्धि आधारभूत ज्ञान भएका जनशक्ति उत्पादन गर्दै ति तहका रचनात्मक र जनमुखी कामहरुलाई प्रचार गर्ने उदेस्यले आयोजना गरिएको सो तालिममा सो तालिममा आधारभूत पत्रकारिता र यसका विविध आयामहरुका वारेमा प्रशिक्षण प्रदान गरिने मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौलाले जानकारी दिएका छन।

यस अघि काठमाडौं जिल्लाका बुढानिलकण्ठ ,टोखा ,तारकेश्वर ,शंखरापुर,गोकर्णेश्वर ,नागार्जुन नगरपालिका  र काठमाडौं महानगरपालिकामा आधारभूत पत्रकारिता तालिम सम्पन्न भैसकेको छ।

तपाइँको प्रतिक्रिया ।