गजल : सुशीला पौडेल

गजल : सुशीला पौडेल

कपन अनलाइन

काठमाडौं ,पुस १२।

खुसी छु म सम्झनामा आउँछौ तिमी
फकाउँदै मिठो माया लाउँछौ तिमी

मरिहत्ते हाल्न मन त मलाई छ
छक्कै पर्छु उल्टै आफैं धाउँछौ तिमी

भन्या छैन मुटुमाझ कस्को छ छायाँ
म नबोल्दै पनि चाल पाउँछौ तिमी

बिर्सियौ कि जस्तै लाग्छ भेट नहुँदा
झ¥झल्कोमा आई तृष्णा मेटाउँछौ तिमी

हुन्छ मिठो अनुभूति तिम्रो समीपमा
साह्रा कुरा बिर्सी म मा हराउँछौ तिमी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।