बुढानिलकण्ठबासीले सास फेर्न पाएनन !

कपन अनलाइन
काठमाडौं ,पुस ४/अरुण थापा 
कोरोनाको कहर बाट केहि समय सबै भन्दा प्रभावित भएको क्षेत्र हो बुढानिलकण्ठ। कोरोनाको कहर केहि कम मात्र भएको थियो। बुढानिलकण्ठ २ र १३ का बासिन्दा फेरी अर्को समस्या बाट गुज्रिरहेका छन्।  जनताले नै जिताएर पठाएका पात्रहरुले निरास बनाएका छन्। त्यो समस्या हो बायु प्रदुषण
विकासको नाममा यस स्थान बाट निर्बाचित प्रतिनिधिहरुले वडा नं २ र १३ को सिमाना  धोबीखोलामा अस्फल्ट प्लान्ट निर्माण र संचालन गर्न अनुमति दिएका छन् । के बुढानिलकण्ठमा खाली अरु कुनै स्थान पक्कै पनि नभएको हो त ? यदी खाली स्थान छैन भन्दैमा बस्ति भएको खुल्ला स्थानमा संचालन गर्नु पाईन्छ र ?
अस्फल्ट  प्लान्ट भनेको के हो?
अस्फल्ट  प्लान्टमा सडकमा कालोपत्रे गर्ने पिच तयारी गरिन्छ । यस तयारिस्थलमा चिप्स,बालुवा, गिटी देखि सम्पूर्ण सामग्री हरु राखी पिच तयार गरिन्छ।
भंगालमा सोहि स्थानमा सडक निर्माणमा राखिएको अश्फल्ट प्लान्टलाइ मोबाइल अस्फल्ट प्लान्ट भनिन्छ । यदि ४० देखि ५० किलोमीटर कुनै स्थान मा पिच गर्नु पर्ने छ भने मोबाइल अस्फल्ट तयार गरिन्छ,ताकी टाडा टाडा बाट पिच लिएर आउँदा  लाग्ने गाडी ढुवानी खर्च लगाएत अरु थप खर्च कटौती गर्न सकिन्छ,जसले गर्दा धेरै भन्दा धेरै खर्च कटौती गर्न सकिन्छ ।
अस्फल्ट प्लान्ट कस्तो स्थानमा राख्नु पर्छ?
महत्त्वपूर्ण र सामान्य कुरा हो, जनस्तर ,मनाबबस्ती,घरधुरी संस्कृतिक धरोहर मठ मन्दिर को कुनै पनि सम्राचानमा ठेस नपुग्ने गरि र नबिग्रने गरि संगसंगै प्राकृतिक सम्पदाहरु दोहन नहुने हिसाबले नजिक राखिनु नहुने हो । त्यहाँ बाट उत्पादित धुवा निकै प्रदुषित र क्यान्सरजस्ता घातक र दिर्घकालिन रोगको जन्म सिर्जना गराउने तव्तो भएकोले एस्लाई मानब बस्ति को नजिक नाबसालिकान दुर दराजमा निर्माण गर्नु पर्ने देखिन्छ।
तर यस स्थानमा  माथिका कुनै पनि कुराको प्राबधान ,भौगोलिक बनोट र संरचना नबुझी यस स्थानमा कुनै मन्दिरको जग स्थापना  जसरी टिका लगाएर स्थापना गरिएको छ।
यस  स्थानमा अस्फल्ट प्लान्ट बाट के के फाइदा ?
१) सडक पिच
२) रोजगारी
यस  स्थानमा अस्फल्ट प्लान्ट बाट के के बेफाइदा ?
अस्फल्ट प्लान्ट बाट घातक रासायनिकहरु उत्सर्जन हुने :
१) आर्सेनिक(ARSENIC) : आर्सेनिक जस्तो घातक केमिकल हाम्रो शरीरको रक्तकोश मा गइ क्यान्सर जस्तो घातक रोगको लागि टेवा पुराउन मदत्त पुर्याउछ । बुढानिलकण्ण्ठठ  शिवपुरीमा खाने पानीको धेरै भन्दा धेरै श्रोतहरु,मुहानहरु रहेको छ।  उक्त बन जंगलमा जम्मा गरिएको पानी, बुढानिलकण्ठका अधिकांस  वड़ाहरुमा वितरण गरिएको छ । यहाँको प्रदुषित धुवामा मिसियको घातक र प्रदुषित कणहरु सिधै खानेपानीको माध्यमबाट घरदैलोमा क्यान्सर जस्तो रोग लिएर नगरपालिकाको जनताको भान्छा सम्म सजिलै पुग्न सक्छ तसर्थ वडा  २ र १३ का बासिन्दा मात्र पिडित बनेका छैनन् ।
२) मौसम (WEATHER) :
एस प्लान्ट लाई  यस  स्थान को जनताले मात्र होइन मौसमले अनि त्यति  साथ  दिएको छैन। अरु समयमा भन्दा अहिले  जाडो समयमा बायुमंडलमा पानीको मात्रा बिभिन् हिसाबले बढी  हुन्छ। उडेर गएको धुवा एस समय जाडोयममा चिसोको कारणले बाहिर फुत्किन पाउदैन र सजिलै फेरी बिहान सित,तुसारो जस्तो अरु हिसाबले जमिनमा सजिलै संगै आउने गर्छ। सोचनुस ति खाने पानीको श्रोतमा घुलित भएपछि के होला।
३)बेन्ज़ेने (BENZENE) :
अर्को एउटा घातक रासायनिक उत्सर्जन हुन्छ र त्यो हो बेन्ज़ेने। कुनै पानी गर्बावती महिला येदि यस प्लान्ट को ओरिपरि बस्नु हुन्छ भने उक्त धुवा भएको रासायनिक आमाको सुअसप्रसास बाट गर्बमा रहेको बच्चालाई समेत असवोस्थ बनाउने छ। जन्मिने बच्चाको वोजन थोरै हुने ,हड्डीको विकास र ब्रिदी हुन नसकने, बोन- म्यारोमा समस्या आउने जस्ता घातक रोगहरु यसले जन्म दिने देखिन्छ ।
३) क्याडमियम (Cadmium ):
क्याडमियम अर्को एस्तो रासायनिक हो जसले क्यान्सर हुन १०० प्रतिशत नै डरलाग्दो भूमिका निर्बाह गर्छ । हामीलाई घातक रोगले समाते पछि तेस्को उपाए के होत के विकास संग संगै बिनास पनी हुनपर्छ र? केहि alternative अरु प्रविधिहरुयसका उपाय ओअक्कै छन् होला। निरन्तर क्याडमियमको नजिक बस्ने बासिन्दा , जनसमुदायमा भोलिको दिनमा फोक्सो  ,हड्डीमा ,र छालामा समस्या आउने देखिन्छ।
४) PAHS :(Polycyclic aromatic hydrocarbons)
१०० वोटा रासायनिक पदार्थ एकै चोटी उत्पादन भएर बन्ने एउटा कोम्पोउन्द हो। धेरै मात्रमा कार्बोन जस्तो घातक गास धेरै मात्रमा हुन्छ।
एस उत्पादन भएको ग्यास हलुका र हावा मा घुलित भैहाल्ने भएकोले मानब बस्ति नजिक खुलेको यस प्लान्ट बाट दुषित हावा धेरै टाडा जान तेही भएका मानाब बस्ति बाट भएर जानु पर्ने अवस्था छ। भौगोलिक हिसाबले उक्त प्लान्टको स्थान उचाईको हिसाबले निकैनै तल रहेको छ। । एसले बायु प्रदुषण र ज्यान मार्ने स्लो पोइजन,प्रदुषणले हामी बुढानिलकण्ठ बासीलाई पक्कै निकै महँगो पर्ने छ ।
५ )भौगोलिक स्थान:
दुइ ओटा वार्ड को संगम स्थल नजिक रहेको उक्त प्लान्ट संस्कृतिक सम्पदा , आस्थाको धरोहर श्री नौलिन भद्रकाली मन्दिर नजिक अबस्थित छ। १० गाउले पुज्ने  उक्त मन्दिरको अस्तितो नै सकाउने क्रियाकलापहरु भैरहेकोमा गुठियार हरु ,भक्तहरु मौन भएर बसिराख्नुको अर्थ के हुन सक्छ? बुढानिलकण्ठ क्षेत्र समिति भित्र पर्ने उक्त मन्दिर संकटको अवस्थामा पर्दा पनि उक्त सस्था किन मौन बसिरहेको छ। सम्बन्धित व्यक्ति हरुको बेलैमा ध्यान केन्द्रित होस्। मन्दिरको सौन्दर्यता ,मानिस हरु को आस्था र विश्वासको कुनै पनि संकोच नमानी निर्माण गरिएको छ।
६ ) बिधालयहरु
दुइ ओटा बिधालय पनी त्यहाँ अबस्थित छन् :
१) जन उद्धारमा बिधालय,
२) भिक्टर हुगो मन्जुश्री
जहाँ ५०० भन्दा बढी बिद्यार्थी हरु पठन पाठन गर्छन। अब केहि समय पछि बिद्यार्थी हरु पनी स्कुल जाने तयारी मा बसेका पकै पनी छन्। कुनै पनी दिर्घकालिन योजना नबनाई स्थापना हुनुमा कसको दोष देख्नुहुन्छ? कि बिधालय प्लान्ट रहनुजेल बन्द हुनु पर्यो कि प्लान्ट अरु कुनै स्थानमा स्थान्तरण गर्नु पर्छ।
संबिधानमा पनि स्पस्ट संग उल्लेख छः
मौलिक हक भाग ३ उपधारा ३0 मा पनि प्रतेक नागरिकलाई स्वच्छ र स्वस्थ बाताबरणमा बाच्न पाउने हक भनेर उल्लेख गरिएको छ।
यो संगसंगै विकासको नाममा बिनास गराउनु कति को जायेज हो। येदि मानब स्वास्थ्य,समाज र समुदायमा भएका अधिकांस जेष्ठ नागरिक,युवा र बालबालिका भन्दा विकास प्यारो हो भने कि बस्तिनै स्थान्तरण गर्नु पर्यो, हैन भने अन्त्यमा एसको उपाए भनेको एस प्लान्ट लै यहाँ बाट स्थान्तरण गर्नु मात्र एउटा विकल्प हो।
जनता को दैनिक जीवन ,स्वास्थ्य तथा मानसिक अवस्थासग प्रतक्ष्य सरोकार राख्नुपर्ने यस बिसयमा जनता द्वारा निर्वाचित प्रतिनिधि मौन बस्नुले    जनप्रतिनिधिको नियत तथा कार्यशैलीमा नै प्रस्न उठ्नु हो भन्ने हाम्रो बुझाइ रहेको छ।
यसर्थ यस बिसयमा सम्बन्धित निकाय , स्थानीय सरकार , जनसमुदाय लगायतका सम्पूर्ण तमाम व्यक्तिहरुले आवाज उठाउनु र आवस्यक निर्णय गर्नुनै उत्तम  ठहरिन्छ।
(थापा भंगाल युवा क्लवका अध्यक्ष हुन् )
तपाइँको प्रतिक्रिया ।