गजल :अनिल चापागाई

गजल :अनिल चापागाई

कपन अनलाइन

काठमाडौं ,पुस ४।

बल्दैन चुल्हो सांझ बिहान

भरिंदैन पेट किसान नभए

कृषि क्रान्ति होला र सरकार

किसानकै सम्मान नभए

झार्दै छन आंसु मर्दै छन

किसान गल्दै छ  सिङ्गो देश नै सोच्दै छ

सरकार टिक्दैन कुर्सि टुक्का र उखान नभए

कृषिको मुहान हुन कृषक,

मुहान जोगाउनु पर्दैन र?

उम्रिंदैन बोट आफैं फल्दैन अन्न कृषिको मुहान नभए

छातिमा हात राखेर नढांटि भन्नुस कसरि

बांचिएला त बिचरा ति मेहनति

किसानको पसिनाको बरदान नभए

आफ्नो हकको लागि राजधानि नै आइ

रुन बाध्य छन कुर्सि छोड सरकार

किसानको पिडा सुन्ने कान नभए

तपाइँको प्रतिक्रिया ।