‘मेरो घाम’ ताप्दै : रामसुन्दर देउजा

कपन अनलाइन

काठमाडौं ,पुस ४।

घाम भन्ने बित्तिकै न्यानो स्पर्शको अनुभूती हुन्छ । घामविना सजीव बस्तुहरू बाँच्न सक्दैनन् । घामको न्यानो स्पर्श संगै  सजीव बस्तुहरू हुर्किरहेको हुन्छन्, बाँचिरहेको हुन्छन् । सूर्यका किरणहरू त्यहीन्यानो बाँड्न यस धरासम्म आउने नै गर्दछन् । जहाँ घामको उदय हुन्छ, त्यहाँ निशाको दोहोल हुन्छ । घाम उज्यालोको प्रतीक पनि हो । घामले सबैलाई एकनाश  उज्यालो र ताप दिइरहेको हुन्छ, कसैलाई भेदभाव गर्दैन । कुनै दिन बादलले घामलाई छेकेको अवस्थामा घामको न्यानो स्पर्श पाउन सकिदैन भने त्यो क्षणिक हुन्छ । रातको समयमा त न उज्यालो हुन्छ न न्यानो हुन्छ, तथापि विहानी संगै  घाम पनि झलमल्ल उदाई न्यानो र उज्यालो लिएर आउँछ अर्थात सूर्यले नै हो विहानी ल्याउने । तसर्थ घाम हाम्रो जीवन पद्दती पनिहो ।
साहित्यकार सूर्यप्रसाद लाकोनू पनि साहित्यमा निरन्तर देखा पर्दै आइरहेका छन् । उनको साहित्यक यात्रामा कविता, मुक्तक, हाइकु, गीत, वालकविता र साँस्कृतिक विषयहरूमा पनि कलम तिखार्दै आइरहेका छन् । उनले अक्षरमार्ग त्रैमासिक साहित्यक पत्रिका पनि प्रकाशित गर्दै आइरहेका छन् । र अक्षर मार्गको वार्षिक कार्यक्रममा स्रष्टाहरूलाई सम्मानपनिगर्दै आइरहेका छन् । तसर्थ सूर्य निरन्तर उदाइरहेका छन् भन्न सकिन्छ । यसै सन्दर्भमा उनले मेरो घाम कविता संग्रह प्रकाशनमा ल्याएका छन् । यस कविता संग्रहमा ५३ वटा कविताहरू समेटेका छन् जसमा उनले घामको विषयमा मेरो घाम, मेरो
सूर्य र असुरक्षित घाम गरी छुट्टाछुट्टै आयममा घामलाई पस्किएका छन् । शीर्ष कविता मेरो घाममा उनले घामको बखान यसरी गरेका छन् कि घाम बेलुकी बास बस्न गएपनि बिहान फेरि उदाउँछ र अँध्यारोलाई निमिट्यान्न
पार्छ भन्ने अभिप्राय देखिन्छ । त्यस्तै असुरक्षित घाम शीर्षकको कवितामा उनले क्रान्तिलाई घामसँग तुलना गरेका छन् । उक्त कविताको एक अशं —
भोक र प्यासले छटपट्टिएको शरीर सित
देशहितमा नारा लगाइरहेछ
तिमीतारे होटलमा
चौरासी ब्यञ्जनमा रमिरहेका थियौ
लाठीचार्जले आकाश छोइरहेका थियौ
गोली थाप्न हाम्रो शरीर तयार थिए
त्यो बेला तिमी गोली चलाउनेलाई
धापमार्दैथियौ ।
असुरक्षित घाम (८)
अहिलेको परिवेश अनुसार र मान्छे पदमा पुगेपछि आफूमा घमन्ड पाल्ने र अरुलाई केहीनमान्ने प्रवृत्तिको उनको अन्तस्करण कटाक्ष गर्दै ओकल्न पुग्छ —
घुम्ने मेचमाबस्ने
नक्कलीहाँसो हास्ने
पदमा बस्दा आफूलाई अग्लो
अनि अरु सबैलाई हाचो देख्ने
पदको मान्छे (पृष्ठ ३३)
कतिपय कविताहरू सरल र सरस छन् ।कतिपयमा व्यङ्ग्यात्मकता पाइन्छ भने कतिमा उत्कृष्ट शैलीपनि पछ्याएका छन् । उनका कविताका भावहरूमा विभेदको विरोध, भोगाईका असमजसता, द्वन्द र युद्धपछि पनि राजनीतिले आफ्नो लिक समाहाल्न नसकेको यर्थाथ पोखिएका छन्। यस बाहेक उनले आफूलाई जन्मदिने आमाबुबालाई पनि कवितामा उतार्दै पुस्तकको कविता आमाबाट शुरु गरेका छन् भने मेरा बामा लगेर टुङ्ग्याएका छन् ।
टाउको भरी सेताम्मे टुषारो फुलाएर पनि
मलाई मायादिएर नअघाउने आमा
भनतिम्रो मनभित्र
मायाको कत्रो समुन्द्र छ ?
(आमापृष्ट–१)

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।