रूखहरूको मृत्यु : सुजन तिमल्सिना

रूखहरूको मृत्यु : सुजन तिमल्सिना

कपन अनलाइन

काठमाडौं ,पुस ४।

समसामयिक साहित्यको क्षेत्रमा एक नवीनतम कृति ‘रूखहरूको मृत्यु’ बजारमा आएको छ । जहाँ विभिन्न तरिकाबाट समाजका हरेक क्षेत्रका मानिसहरूको संङ्घर्ष उतारिएको छ । पुस्तक ‘रूखहरूको मृत्यु’जसका लेखक हुन प्रशान्त शर्मा । उनको जन्म भैरहवा, रुपन्देहीमा भएको हो ।
लेखक शर्मा पत्रकारितामा स्नातकतहमा अध्ययनरत छन् । उनको पहिलो कृतिहो ‘रूखहरूको मृत्यु’ । किताव भित्रका केहीआफ्ना विचारहरू राख्दा शर्मा यसरी प्रस्तुत गर्छन् –‘ यो मेरो पहिलो कृतिहो “रूखहरूको मृत्यु”। जसमा एउटा सामान्य व्यक्ति, जो जीवनका अनेकौं आयाममा बाँचिरहेको हुन्छ, उसको कथा व्यथा हो ।’ एक मानिसलाई समय र नियतीले कसरी डोहोराउँछ भन्ने कुरालाई प्रस्तुत गरेको बताउँछन् । ‘उपन्यासमा एक पात्रको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको छु,’ उनले भने, ‘एक मानिसको जीवनमा प्रेम, परिवार, पेशा र अन्य यावत तत्वहरुले के कस्ता प्रभाव पार्छन् र त्यसको असर कस्तो किसिमको हुन्छ भन्ने कुरा पुस्तकमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।’ लेखक शर्मा बताउछन् ।’
एक व्यक्तीले गर्ने सामन्य प्रेमसँगै सम्बन्धहरुको घन्चक्करमा अल्झिएको उसको जीवनको एउटा कालखण्ड समग्रमा प्रेमको वरिपरि घुमेर लेखिएको एउटा पेशावरको कथाहो । एउटा पत्रकारको कथा, एउटा जागिरेको कथा, त्यो समयको कठपुतलीको कथा र सबैभन्दा माथि प्रेमले लतपत्तिएको एक व्यक्तिको जिवनको कथा हो ।
युवा साहित्यकार शर्माको कृति ‘रूखहरूको मृत्यु’हाल यस पुस्तकनिकै ठुलो प्रतिक्षा पश्चात् बजारमा आएको छ । पुस्तक दशैैं अघि नै बजारमा ल्याउने प्रकाशकको दावी थियो । तर, विडम्बना कोरोना महामारीको कारणले यस पुस्तक दशैं तिहार पश्चात् मंसिर २५ बाट मात्र बजारमा आएको हो ।
शर्माको पहिलो उपन्यास मंसिर २५ गतेबाट बजारमा उपलब्ध भएको हो ।लेखकका अनुसार उपन्यासलाई असोजमा नै सार्वजनिक गर्ने तयारी भएता पनि कोरोना संक्रमणको जोखिमसँगै अन्य प्राविधिक कारणले केही पछि धकेलिएको लेखकको भनाइ छ। उनले भने, ‘पुस्तकको सबै काम सकिएर प्रकासनको प्रक्रियामा केही ढिला भएको थियो । असोजमा प्रकाशन गर्ने तयारी भएता पनि त्यो बेला सकिएन् । केहि ढिला भएर अहिले भने पुस्तक सार्वजनिक रुपमा बजारमा आएको छ ।’ भिडभाड गर्न सक्ने अवस्था नभएकाले पुस्तकलाई औपचारिक रुपमा विमोचन गर्न नसकिएको लेखक शर्माले बताए । उनका अनुसार कोरोना संक्रमणको जोखिम कम नभईसकेकाले अहिले पुस्तकलाई विमोचन गर्न
सकिएन् ।
यस पुस्तकको कभर डिजाइन किशोर ज्योतीले गरेका हुन् । यस पुस्तकको प्रकाशक एडीबी पब्लिकेसन, डिल्लिबजार, काठमाडौ हो । यस पुस्तकको प्रमुख वितरक बुलबुल पब्लिकेसन्स रहेको छ । पुस्तकमा २६६ पृष्ठ रहेको छ र पुस्तकको मुल्य ३५० रहेको छ । पुस्तक पाठकको सुविधाका लागि होम डेलिभरी र अनलाइनमार्फत मगाउन सकिने र विभिन्न बजारहरूमा पुगिसकेको पव्लिकेशनको दावी छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।