आत्मीयता : अरुणबहादुर खत्री ‘नदी’ (बाल कथा )

आत्मीयता : अरुणबहादुर खत्री ‘नदी’ (बाल कथा )

कपन अनलाइन

काठमाडौं ,पुस ४।

एकदिनको कुरा हो मोहन खेतको काम सकेर आफ्नो घर फर्कदै थियो । बाटोमा उसलाई रुकमिणीले भनी मोहनदाइ, मोहन दाइ तपाईको आमा त भर्यांग  बाट लड्नु भयो नि ।
“आमा लड्नु भयो रे ।”
“हो त्यसैले म तपाईलाई बोलाउन हिँडेकी” रुकमिणीले भनिन् ।
त्यसपछि मोहन हतार हतार घर पुग्यो । उसको आमा खाटमा सुतीरहेकी थिइन् । उनको खुट्टा भाँचिएको रहेछ ।गाउँमा अस्पतालन भएकोले आमाको उपचार गर्न मोहनले आमालाई शहरमा ल्याउनुपर्ने भयो । तर ऊसँग पैसा थिएन । त्यसैले उसले गाउँमा आफन्तहरुसँग ऋण लियो । ऋण लिएपछि मोहन आफ्नी आमालाई लिएर काठमाडौं गयो । काठमाडौंमा पुगेपछि वीर अस्पतालमा लगेर जचाउँँन टिकट काट्यो र नाम लेखाएर सम्बन्धित डाक्टरको कोठामा लग्यो । उसले आमालाई अस्पतालमा भर्ना पनि गर्नु पर्यो  । औषधीका नामहरु लिएर बाहिर पसलमा गयो ऊ । सबै औषधीको लागिऊसँग पैसा पुगेन ।
त्यसपछि मोहन काठमाडौं आएर घर बनाएर बस्नुहुने आफ्नो काकाको घरमा गयो । काकीसँगउसको भेट भयो । काकीले भनिन् – “के छ गाउँको खबर ?” उसले भन्यो – “अरु सबै ठिकै छ आमाको खुट्टा भाँचिएर अस्पतालमा राखेको छु । पैसा नपुगेर काकीसँग सापटी लिन आएको ।”
काकीले भनिन् – “ए नराम्रो भएछ तर मसँगअहिले पैसा छैन भएको भएदिन्थे ।” त्यसपछि मोहनले भन्यो – “त्यसो भएकाकी म अहिले जान्छु अन्तकतै सापटी खोज्छु ।”
त्यसपछि मोहन आफ्नो गाउँको साथीले पैसा सापटी दिन्छ कि भनेर उसको डेरामा गयो । साथीले ऊसँग सोध्यो – “के छ मोहन तिम्रो हालखबर ? के काम परेर काठमाडौं आयौ नि ?” मोहनले भन्यो – “मेरी आमाको खुट्टा भाँचिएर जचाउँन ल्याएको । आमालाई अस्पतालमा भर्ना गरेको छु । आमालाई औषधी किन्न पैसा नपुगेर सापटी खोज्दै हिँडेको । के तिमीले पैसा सापटी दिन सक्छौ ?” साथीले किन नसक्नु भनेर उसलाई चाहिने जति पैसा दियो र मोहनले औषधी किनेर लग्यो । केही दिनपछि आमालाई अस्पतालबाट डिस्चार्ज गरी मोहनले आफ्नो गाउँमा लग्यो । गाउँमा पुगेपछि उसकी आमाको स्वास्थ्य पनि राम्रो हुँदै आयो । “मेरो साथीले पैसा सापटी नदिएको भए ठूलो आपत आइपुग्ने थियो” उसले साथीको गुन सम्झ्यो । त्यसैले मान्छे रगतले मात्र आफ्नो हुने होइन आत्मीयताले चाहिँ आफ्नो बन्न सक्छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।