सोलुखुम्बुको सल्लेरीबाट खरिखोला जाँदै गरेको बोलेरो पल्टियो

सोलुखुम्बुको सल्लेरीबाट खरिखोला जाँदै गरेको बोलेरो पल्टियो

कपन अनलाइन

काठमाडौं ,मंसिर २६।

सोलुखुम्बुको सल्लेरीबाट खरिखोलाका लागी छुटेको बोलेरो जिप माप्य दुधकोशी गाउँपालिका पाँचमा दुर्घटना भएको छ । सल्लेरीबाट शनिबार विहान ८ बजे खरिखोला हुँदै बुक्सा थामडाँडाका लागी छुटेको प्रदेश नम्बर ३–०१२२ च ३४७१ नम्बरको बोलेरो जिप देवीस्थान आधारभुत विद्यालय नजिकै उकालोमा ब्याक गर्ने क्रममा पल्टिएको चालक चामुधन राईले सोलु एफ एमलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई महिला र चार पुरुष सहित ६ जना यात्रु सवार बोलेरो विपरित दिशाबाट आउँदै गरेको जिपलाई साईड दिने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा दुई जना यात्रु घाईते भएको भनिएपनि आधिकारिक पुष्टि हुन बाँकी छ । उकालोमा ब्याक गर्ने क्रममा दायाँतर्फको चक्का चिप्लिएर सडक बाहिर जादाँ गाडी पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।