पशुपतिमा महा दिपदान बन्द गरी पछि स्थानीय मन्दिरहरुमा भक्तजनको भिड
कपन अनलाइन
काठमाडौं ,मंसिर २६।
पशुपतिमा महा दिपदान बन्द गरी पछि स्थानीय मन्दिरहरुमा भक्तजनको भिड बढेको छ। दिवंगत भएका आफ्ना आफन्तको सम्झनामा परिवारजनलेप्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदानगर्ने गरेका छन ।
त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारी फैलन सक्ने हुँदा भौतिक दूरी कायम गरी दीप दान गर्न असम्भव हुने देखिएकाले बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।यो निर्णय संगै अहिले काठमाडौंका स्थानीय मठ मन्दिरमा आफन्तको सम्झनामा दिप दान गर्दै रातभर जाग्राम बस्नेको भिड बढेको छ।
प्शुपतिमा महाशिवरात्री, साउनका सोमबार, हरितालिका (तीज), बाला चतुर्दशीलगायत पर्वमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको छ । बाला चतुर्दशीका अवसरमा देशभरका शिवालयमा वैदिक सनातन धर्मावलम्बीले दिवङ्गत पितृका नाममा दीपदान गरी शतबीज छर्ने गर्छन् । यस दिन शिवालयमा दीपदान गरी शतबीज छरेमा दिवङ्गत पितृले पाउने विश्वास गरिन्छ ।
कोरोना महामारी बढेपछि गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर भने पुस १ गतेदेखि खुल्ला गर्न लागिएको कोषले जनाएको छ ।