टोखा नगरपालिका वडा नं ३ मा रहेको प्राचीन सरस्वती मन्दिर पुनःनिर्माण शिलान्यास

कपन अनलाइन

काठमाडौं ,मंसिर २६।

टोखा नगरपालिका वडा नं ३ मा रहेको प्राचीन सरस्वती मन्दिर पुनःनिर्माणको आज टोखा नगरप्रमुख प्रकाश अधिकारीले शिलान्यास गरेका छन । टोखा नगरपालिका बडा नं ३ को पहलमा टाेखा नगरपालिकाले यस आर्थिक वर्षमा २९ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि सो मन्दिर श्री सरस्वती मन्दिर निर्माण उपभोक्ता समितिले निर्माण सुरु गर्न लागेको हो।

टाेखा सरस्वती चौरमा अवस्थित हाल एकतले सरस्वती मन्दिरलाई पुनःनिर्माण पछि दुईतले मौलिक प्यागोडा शैलीमा निर्माण हुने सरस्वती मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेश श्रेष्ठ बताएका छन  ।

विद्याकि देवी सरस्वती मन्दिरको नामबाट टाेखामा श्री सरस्वती उच्च माबी, तत्कालीन टाेखा सरस्वती गाबिस, सरस्वती हेल्थ पोस्ट नाम उल्लेख गरिएको पाइन्छ । परापुर्वकाल देखि रहेको सरस्वती देवीको पुरानो मन्दिर भएकै स्थानमा हाल नयाँ बन्न लागेको उक्त सरस्वती मन्दिरको पुनः निर्माण आर्थिक वर्ष २०७७।७८ मा सम्पन्न गर्ने गरि लक्ष्य राखिएको छ ।

सरस्वती मन्दिर पुनःनिर्माणको शिलान्यास पछि टोखा नगरप्रमुख प्रकाश अधिकारीले धार्मिक सांस्कृतिक महत्त्व बोकेको ऐतिहासिक टाेखालाई सांस्कृतिक शहरको रूपमा विकास गर्नको लागि टाेखा नगरपालिकाले टाेखा संरक्षित क्षेत्र घोषणा गरेको बताउदै टाेखा ऐतिहासिक सांस्कृतिक शहर भनेर जसरी परिचीत छ त्यसरी नै हामीसंग जोडिएका पुराना मठमन्दिर ,पातिपौवा,धारा पौराणिक घर निर्माण र ढुङ्गा छापिएका बाटा सहितको सांस्कृतिक मौलिक झल्कने समग्र टाेखा नगरपालिका निर्माणमा टाेखा नगरपालिकाले जोडदिएको बताए ।

तपाइँको प्रतिक्रिया ।