अभिनव साहित्य समाजको नयाँ कार्यसमिति चयन

कपन अनलाइन

काठमाडौं ,मंसिर १३।

अभिनव साहित्य  समाजको वार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ ।आगामी तीन वर्षका लागि नयाँ कार्य समितिको अध्यक्षमा वेदमणि घिमिरे गोविन्द, उपाध्यक्षमा विमल अर्याल, सचिवमा परशुराम पराजुली पराशर, कोषाध्यक्षमा घनश्याम प्रसाई, सहसचिवमा मेनका आचार्य र सहकोषाध्यक्षमा शारदा पराजुली रहेका छन  । त्यस्तै समितिका  सदस्यहरुमा सुमन पुडासैनी, विन्दा खतिवडा र आलोक चालिसे चयन भएका छन।

२०५८ सालमा स्थापित समाजले प्रत्येक महिनाको अन्तिम शनिवार विविध साहित्यिक कार्यक्रम संचालन गर्दै आएको सामाजले हरि अभिनव पु्रस्कार २०७७ साहित्य तथा चलचित्र क्षेत्रमा उत्कृष्ट योगदान गर्ने स्रष्टा सुदर्शन श्रेष्ठलाई प्रदान गरेको  ।

वरिष्ठ पण्डित तथा ज्योतिष स्वर्गिय हरिप्रसाद घिमिरको स्मृतिमा समाजले २०७४ सालदेखि हरि अभिनव पु्रस्कार प्रदान गर्दै आएको छ । हाल सम्म यो पुरस्कारबाट भाषाविद् प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेल, कोषकार वसन्तकुमार शर्मा, साहित्यसेवी रमा शर्मा पुरस्कृत भइ सकेका छन।

 

तपाइँको प्रतिक्रिया ।