समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण : मन्त्री रामेश्वर फुयाँल

मंसिर १३, काठमाडौं
वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण हुने बताएका छन । शनिवार राजधानीमा अभिनव साहित्य समाजले आयोजना गरेको पुरस्कार वितरण समारोहमा मन्त्री फुयाँलले साहित्यको विकासका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको धारणा राखेका थिए। साहित्य  सँगै कला र संस्कृतिको विकास विना समृद्ध समाजको परिकल्पना गर्नु निरर्थक भएको मन्त्री फुयाँलको भनाइ रहेको थियो ।

अब साहित्यलाई उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिदै  मन्त्री फुयाँलले हरि अभिनव पु्रस्कार २०७७ साहित्य तथा चलचित्र क्षेत्रमा उत्कृष्ट योगदान गर्ने स्रष्टा सुदर्शन श्रेष्ठलाई प्रदान गरेका थिए ।

सो  पुरस्कारको राशी ३० हजार रुपैया रहेको छ । वरिष्ठ साहित्यकारहरु विष्णु प्रभात, विजय चालिसे लगायतले साहित्य तथा चलचित्रको क्षेत्रमा श्रेष्ठको योगदानको चर्चा गरेका थिए।

अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे गोविन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका कोषाध्यक्ष घनश्याम प्रसाई, सदस्य विमल अर्याल लगायतले समाजका गतिविधिबारे चर्चा गरेका थिए ।वरिष्ठ पण्डित तथा ज्योतिष स्वर्गिय हरिप्रसाद घिमिरको स्मृतिमा समाजले २०७४ सालदेखि हरि अभिनव पु्रस्कार प्रदान गर्दै आएको छ ।

हाल सम्म यो पुरस्कारबाट भाषाविद् प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेल, कोषकार वसन्तकुमार शर्मा, साहित्य सेवी रमा शर्मा पुरस्कृत भइसकेका छन ।

 

तपाइँको प्रतिक्रिया ।