चम्पादेवी गाउँपालिकाका विद्यालयहरु संचालन हुने

कपन अनलाइन

ओखलढुंगा ,मंसिर १३।

चम्पादेवी गाउँपालिकाका विद्यालयहरु संचालन हुने भएका छन। चम्पादेवी गाउँपालिका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष नबराज केसिको अध्यक्षतामा शिक्षा समिति चम्पादेवीले सरोकारवाला संग गरेको छलफलले उक्त निर्णय गरेको हो।

चम्पादेवी गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक विष्णु पुलामी,शिक्षा शाखा अधिकृत सरस्वती पौडेल (खत्री),स्वास्थ्य शाखा प्रमुख प्रेम प्रशाद सुवेदी सहित  चम्पादेवी गाउँ पालिका भित्र रहेका हरेक विद्यालयका प्र अ र मावी विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा भएको छलफलले सो निर्णय गरेको थियो।

नेपाल सरकारले गरेको नीति,नियम ,ऐन र मापदण्डमा रहि चम्पादेवी भित्रका हरेक विद्यालयमा पठन पाठन संचालन  गर्ने निर्णय गरेको सो छलफलले स्वास्थ्य सुरक्षा अपनाउदै विद्यालयको शैक्षिक र अन्य गतिविधि अगाडी बढाउने निर्णय गरेको थियो।

सो छलफलमा गाउँ पालिका अध्यक्ष केसीले विद्यालयहरुलाइ विद्यार्थीहरुको शैक्षिक शत्र ध्यानमा राख्दै पठन पाठनका लागि योजना बनाउन आग्रह गर्दै गाउँ पालिकाले हरेक किसिमको सहयोग गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।