कोरोना संक्रमितलाइ घृणाको दृष्टिले नहेर्न कागेश्वरी ९ का वडा अध्यक्ष कुन्दन खड्काको अपिल
कपन अनलाइन
काठमाडौं, भाद्र ७ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कुन्दन खड्काले वडा टोल तथा घरमा कोरोना संक्रमित ब्यक्ति भेटिएको थाहा भएमा सुरक्षित तवरले आइसोलेशनमा राखि माया स्नेह प्रदान गरि संक्रमित र निजको परिवारको मनोबल बढाउँन अनुरोध गरेका छन् ।
उनले कसैलाई पनि घृणाको दृष्टिले नहेर्न अनुरोध गर्दै हामि जोकोहि लाइ पनि कोरोना संक्रमण हुन सक्छ भै हाल्यो भने पनि संभव भए सम्म आफ्नै घरको आइसुलेशनमा सुरक्षित बस्न अनुरोध गरेका हुन् ।
उनले सुरक्षित तवरले आइसोलेसनमा राख्न सम्भब नभएमा जनप्रतिनिधि लाइ खबर गर्न समेत उनले अनुरोध गर्दै जनप्रतिनिधिहरु जुनसुकै समयमा सहयोग का लागि तयार रहेको जानकारी गराएका छन् ।उनले केहि समस्या भएमा .९८४१६८८४८५मा सम्पर्क गर्न समेत वडा बासीलाइ अनुरोध गरेका छन्।
कागेश्वरि मनोहरा नगरपालिका वडा नं.९ मा (२०७७/०५/०६ को दिउँसो २ बजे सम्म) कोरना पोजेटिभको संख्या ४० पुगिसकेको र १ जनाको मृत्यु समेत भै सकेको हुँदा सम्पुर्ण वडाबासि तथा सम्पुर्ण महानभाव हरु आफु र आफ्नो परिवार बिना काममा घर बाहिर ननिस्कन र सुरक्षित हुन समेत उनले अपिल गरेका छन् ।