कोरोना कहरको बीच अनुगमनमा शंखरापुरका नगर प्रमुख सुवर्ण श्रेष्ठ
कपन अनलाइन
काठमाडौं, भाद्र ७ । शंखरापुर नगरपालिकामा भईरहेका विकास निर्माणका कामको अनुगमन निरीक्षणमा नगर प्रमुख सुवर्ण श्रेष्ठले सक्रियता देखाएका छन् ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अनेक प्रयास गर्दै आएका नगर प्रमुख सुवर्ण श्रेष्ठले कोरोना रोकथामका साथै विकास निर्माणका कामलाइ पनि सुरक्षित तवरले अगाडी बढाउनुपर्ने बताएका छन्। केहि दिन अघि मात्र कोरोना परिक्षणको लागि स्वाब दिए लगत्तै होम क्वारेन्टाइनमा बसेका उनि रिपोर्ट नेगेटिभ आए संगै स्वास्थ्य सुरक्षा साबधानी अपनाउदै नगरमा भएका विकास निर्माणको निरीक्षणमा जुटेका हुन् ।
उनले आज बिहान शंखरापुर नगरपालिकाको इन्द्रायणी मन्दिर प्राङ्गण अगाडी उपत्यका बिकास प्राधिकरणबाट रु ३० लाख बिनियोजित रकम बाट भईरहेको वाल निर्माण कार्यको अनुगमन निरीक्षण गरेका हुन् ।
तपाइँको प्रतिक्रिया ।