काठमाडौं महानगरपालिका वडा नं १४मा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द
कपन अनलाइन
काठमाडौं श्रावण २९। काठमाडौं महानगरपालिका वडा नं १४ ले सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष शोभा सापकोटा द्वारा हस्ताक्षरित उक्त सुचना विश्व ब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमण काठमाडौं उपत्यका लगायत यस वडा क्षेत्रमा बढिरहेको हुँदा उक्त संक्रमण बाट बच्न वडा कार्यलयको सेवा प्रवाह संग जोडिने सम्पूर्ण महानुभावहरुको स्वास्थ्य जोखिमलाइ मध्यनजर गर्दै उपत्यका नगरपालिका फोरम काठमाडौं को मिति २०७७/४/२६ को निर्णय तथा काठमाडौं महानगरपालिकाको मिति २०७७ /४/ २७ को परिपत्र बमोजिम यस वडा कार्यलयले अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाइ १५ दिनको लागि बन्द गर्ने समेत निर्णय भएकोले सोहि व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।
साथै वडा कार्यलयको आकस्मिक बैठकको निर्णय अनुसार निम्नानुसार कार्य गर्नु गराउन समेत अनुरोध गरिएको छ ।
१) फलफुल तथा तरकारी व्यवसायीहरुले बिहान ५ बजे देखि ९ बजे सम्म मात्र व्यवसाय संचालन गर्न अनुरोध गरिएको छ ।
२) औषधि लगायत खाद्यान्न खुद्रा व्यवसायहरुको हकमा नियमित रुपमा सामाजिक दुरी कायम गरि व्यवसाय संचालन गर्ने ।
३) ठेलागाडा लगायत फुटपाथ व्यवसाय पूर्ण रुपमा बन्द गर्न अनुरोध गर्ने ।
सोहि सुचनामा सामाजिक दुरी कायम गर्दै सुरक्षात्मक उपाय अपनाउन अनुरोध गर्नुको साथै कोभिड १९ रोगका सम्बन्धमा तथा अन्य कुनै कठिनाइ परेमा निम्न फोन नं मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ
शोभा सापकोटा वडा अध्यक्ष ९८५१२७९९१४
रश्मी खड्का वडा सदस्य ९८४१७१८९९८२
बिनोद थापा वडा सदस्य ९८४१५१६७८०
बसन्त महर्जन वडा सदस्य ९८४१२०३६०७