टोखा नगरपालिकामा पोलिमेयर चेन रियाक्सन (PCR) परिक्षण तीव्र
कपन अनलाइन
काठमाडौं ,साउन २९/नविना श्रेष्ठ
टोखा नगरपालिकाले पोलिमेयर चेन रियाक्सन (पिसिआर) परिक्षणलाई तीव्रता दिएको छ। टोखा नगरपालिकामा साउन २७ र २८ गते विभिन्न स्थानमा PCR परिक्षण गरिएको थियो।
टोखा नगरपालिकामा साउन २७ गते १०५ र साउन २८ गते ५१ जनाको परिक्षण गरिएको टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छन।
टोखा नगरपालिकाले परिक्षणको दायरा बढाउने बताउदै उपप्रमुख डंगोलले टोखा नगरवासीलाई सचेत र सजग बन्दै कोरोना प्रकोप संग लड्नका लागि अपिल गरेकी छन।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।