प्रधानमन्त्रीको परिकल्पना र युवाको चासो: समृद्ध नेपाल सुखी नेपाली

प्रधानमन्त्रीको परिकल्पना र युवाको चासो: समृद्ध नेपाल सुखी नेपाली

कपन अनलाइन

काठमाडौं ,साउन २९/विवेक पनेरु

एउटा भनाइ छ,कुनै पनि महत्वाकांक्षी कुरालाई सम्भव पार्नुछ भने, त्यसलाई चित्रण गरेर मात्र हुदैन सपना पनि देख्नुपर्दछ , योजना मात्र बनाएर हुदैन , आफुमा बिश्वास पनि हुनुपर्दछ।एउटा साधारण मानिससँग हजारौ सपना हुन्छ र त्यस सपनालाई पुरागर्नको निम्ति ऊ सधैँ लागि परिरहेको हुन्छ।सपना देख्नु कुनै ठुलो कुरा हैन तर त्यसलाई साकार गर्नु ठुलो कुरा हो।

यस कुरा व्यक्ति देखि देशको प्रधानमन्त्रीसम्मलाई लागुहुन्छ। एउटा साधारण व्यक्तिले आफ्नो र परिवारकोको सुख र समृद्धको लागि दिनमा हजारौ सपना बुनेको हुन्छ।त्यसका लागि ऊसले आफ्नो पसिना र मिहेनत एउटा  अठोटका साथ बगाईरहेको हुन्छ।यस कुरालाई हाम्रो देशका प्रधानमन्त्रीज्युले परिकल्पना गर्नुभएको “समृद्ध  नेपाल सुखी नेपाली”अभियानमा ल्याएर जोड्न सकिन्छ।

पंचायतकाल देखि आफ्नो राजनीति यात्रा सुरु गरेका प्रधानमन्त्रीले आफ्नो जिबनको महत्वपूर्ण  चौध वर्ष जेलमा  बिताएका थिए।उनले आफ्नो जिबनकाल कम्युनिष्ट आन्दोलन र जनताको हकहितको लागि सुम्पिएका थिए।कयौ राजनीति घटनाको मुख्यपात्र रहेका ओली बिसं २०७२सालमा आफ्नो जिबनकालमा पहिलोचोटी प्रधानमन्त्री भएका थिए।बिसं २०७२ सालको विनासकारी भुकम्प साथसाथै भारतले संविधानको बिरोध गर्दैगरेको नाकाबन्दीको माझ आफ्नो सत्ता समहालेका प्रधानमन्त्री ओलीले भारतले गरेको नाकाबन्दीको डटेर सामना गर्दै जनतालाई एउटा साहस दिएका थिए।

करिब एघार महिना आफ्नो सत्ता समहालेका प्रधानमन्त्रिले भारतले गरेको नाकाबन्दीको खुलेर बिरोध गर्नुका साथै आफुलाई एउटा रास्ट्रबादी नेताको छबि बनाएका थिए।सधै समृद्ध नेपालको परिकल्पना गर्ने प्रधानमन्त्रिले जनताको म त त्यसबेला धेरैनै बटुलेका थिए।त्यहि मत र बिस्वासको आधारमा २०७५ सालमा ए.नेकपामाववादी पार्टीसंग आफ्नो पार्टी नेकपा एमालेलाई एकीकृत गर्दै संबिधानसभाको चुनाबमा पहिलो पार्टी बनाउन सफल भएका थिए।त्यहि आधारमा दुईतिहाई बहुमतले आफ्नो सरकारको नेतृत्व  प्रधानमन्त्रि केपी ओलीले अहिले गरिरहेका छन्।समाजबाद उन्मुख प्रजातन्त्रमा विश्वास राख्ने प्रधानमन्त्रीको समृद्ध नेपाल   ,सुखी नेपाली अभियान पनि यसैको उपलब्धि हो।

जुन देशमा जबसम्म गरिबी, असमानता, अशिक्षा ,कमजोर  स्वास्थप्रणाली, बेरोजगारी,कमजोर  भौतिक पूर्वाधार  रहीरहन्छ।त्यो देश कहिले पनि माथि उठ्न सक्दैन र समृद्धि तिर लम्किन सक्दैन।त्यसैलाई मध्यनजर गर्दै गरिएको परिकल्पना हो“समृद्ध नेपाल सुखी नेपाली अभियान”।देश जब समृद्ध हुन्छ ,जब त्यहाको जनता सुखी हुन्छन।कुनैपनि देश आफै समृद्धि हुदैन ,त्यसका लागि राज्यले आफ्नो देश र जनताको लागि न्युनतम आबस्यकता पुरा गर्नुपर्छ अनि राज्य र जनता मिलेर एउटा समृद्ध देशको परिकल्पना गर्नुपर्दछ कुनै पनि राज्यले जब आफुसँग भएको श्रोत, साधन र जनसक्तिपूर्ण रुपले उपयोग गर्छ, त्यो देश आफै समृद्धि तिर अघि बढ्छ।

जनता र देशको न्युतम आवस्यकता जस्तै शिक्षा, रोजगारी,स्वास्थ्य, सामाजिक सुरक्ष्या ,समान आय, उचित न्याय,कानुन, भौतिक पूर्वाधार , दिगोविकास नै समृद्ध नेपालको आधार हुन्।यसलाई पुरागर्नको लागि राज्यले आफ्नो भरपूर्ण प्रयास लगाउनुपर्ने देखिन्छ।

लामो राजनीतिखेलको कारणले कम बिकसित देशको दर्जापाएको हाम्रो नेपालले यसलाई ब्यबहारमा लेराउन गार्हो भएपनि असम्भव छैन।यस अभियानलाई सार्थक तुल्याउन सरकारले दुरदर्शिता ,पारदर्शिता,जनसहभागिता , जवाफदेहिता, कार्यक्ष्यमता र प्रतिबद्धतालाई आफ्नो प्रमुख परिसूचक बनाएको छ।यस परिसूचकलाई सरकारले आफ्नो प्रमुख हतियार बनाएर कामगर्ने हो भने प्रधानमन्त्रिकोको परिकपल्पनाले एउटा दिशा पाउनेछ।यसका लागि सरकार, जनप्रतिनिधि,कर्मचारी, जनता सबै एकजुट भएर लाग्नुपर्ने हुन्छ।

प्रधानमन्त्रिले परिकल्पना यस समृद्ध नेपाल सुखीनेपालीलाइ बाटो दिनको लागी समान राष्ट्रिय आय ,मानवीय संसाधनको प्रयोग , दिगो भौतिक पूर्वाधार , दिगोविकास सहितको दिगो  उत्पादन ,न्यायसहितको समाज र सामाजिक  सुरक्षामा  जोड दिएर सरकारले आफ्नो परिसूचकलाई उच्चतम प्रयोग गर्नुपर्दछ।

यसका साथै यस अभियानलाई सार्थकता दिनको निम्ति हामी जस्तो युवाको पनि निकै ठुलो योगदान हुनुपर्ने देखिन्छ।युवा भनेको देशको एउटा प्रमुख संसाधन हुन्।देशको भबिस्य युवाको हातमा हुन्छ र देशको समृद्धिको लागि युवाको साथ महत्वपूर्ण  हुन्छ।अहिले करिब सत्ताइस लाख युवा रोजगारको निम्ति विदेश पलायन भएका छन  बाकि आफ्नै देशमा बेरोजगार भएर बसेका छन्।

त्यसका निम्ति सरकारले केहि महत्वपूर्ण  कदम चाल्न जरुरि देखिएको छ।त्यसका लागि युवाको निम्ति देशमा रोजगार अभियान, ब्यबहारिक शिक्षा तथा प्राबिधिक शिक्षा जोड, शैक्षिक प्रमाणपत्र धितो राखेर न्युनतम ब्याजमा लोन, एकघर एक रोजगार कार्यक्रम , युवालाई कृषि क्षेत्रमा   अनुदान,बैदेशिक तालिमको लागि ब्यबस्था, अपाङ्ग युवाको लागि बैकल्पिक  रोजगारका साथै सुरक्षा  भत्ता ,स्वदेशमा लगानी गर्दा करमा अनुदान, माध्यमिक  तहसम्म गरिब तथा जेहेन्दार युवाको लागि निशुल्क शिक्षा र रोजगारको सुनिस्चितता  जस्ता कदमलाई सरकारले छिटो ध्यान दिनुपर्ने देखिन्छ।

जब युवाको न्युनतम आवस्यकता पुरागर्न सरकारले तत्परता देखाउछ त्यसबेला समृद्ध नेपाल सुखी नेपालीको अभियानले आफ्नो सार्थकता पाउने एक युवाको कोणबाट हेर्दा देखिन्छ।

प्रधानमन्त्रिले परिकल्पना गरेको यस परिकल्पनाले  सार्थकता पाउनको लागि गार्हो पक्कै छ तर एउटा अठोट लिएर अगाडी बढे समृद्ध नेपाल,सुखी नेपालीअभियान टाढा छैन।यसका लागि सबै एकजुट भएर परिकल्पनालाई यथार्तमा बदल्नुपर्ने देखिन्छ।

(विवेक पनेरु सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।