लायन्स क्लबको हंगर रिलिफ तथा नया क्लब घोषणा कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं असार २३। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं इन्फिनिटिले स्पोन्सर गरेको लायन्स क्लब अफ काठमाडौं जर्नीको घोषणा गरिएको छ।

लाईनिष्टिक इएर वर्ष २०/२१ को पहिलो दिनमा डिस्ट्रिक द्वारा बिभिन्न सामाजिक कार्य गर्न आवहान भए अनुसार लायन्स क्लबहरुले संयुक्त रुपमा सप्ताह ब्यापी रुपमा सामाजिक कार्य गर्दै आइरहेका छन ।सोहि अनुरुप असार १७ गते बुधबार गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोल स्थित सुनौलो पाइला संस्थामा आश्रय लिइरहेका बालबालिकाहरुको लागि लायन्स फुड ब्यांक मार्फत हंगर रिलिफ कार्यक्रममा उक्त घोषणा गरिएको हो । लायन्स क्लब अफ काठमाडौं इन्फिनिटी, लायन्स क्लब अफ काठमाडौं कपन र लायन्स क्लब अफ काठमाडौं युनाइटेड ग्रुपको संयुक्त आयोजनामा हंगर रिलिफ कार्यक्रम आयोजना गरिएको हो।

हंगर रिलिफ कार्यक्रम अन्तरगत तीन वटा क्लबले संयुक्त रुपमा सो संस्थामा आश्रय लिइरहेका बालबालिकाहरुलाई एक दिनको खाना खुवाउनुको साथ करिब १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व गभर्नर लायन कुमारराज सुवेदी, लायन्स क्लब अफ काठमाडौं कपनका वर्ष १९ /२०का प्रेसिडेन्ट लायन देबेन्द्र थापा, लायन कुमार खड्का लायन्स क्लब अफ काठमाडौं इन्फिनिटीका चार्टर प्रेसिडेन्ट लायन मधुसुदन सिग्देल , लायन रमेश श्रेष्ठ, जोन चियर पर्सनल अच्युत बिष्ट ,लायन जयराम बिष्ट,लायन संजय दाहाल, लायन सृजन सापकोटा लायन दिपेन्द्र सिंखडा, लायन श्याम यादव लगायत सुनौलो पाइला संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज) लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

सोहि कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं इन्फिनिटिले स्पोन्सर गरेको लायन्स क्लब अफ काठमाडौं जर्नीको ब्यानर समेत प्रदर्शन गरिएको थियो। जसमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, लायन्स पुर्व गभर्नर लायन कुमार राज सुवेदी लगायतले ब्यानरमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा सुनौलो पाइला संस्थाकी अध्यक्ष समेत रहेकी रोजिना बिष्ट रोजले लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर टिमका पदाधिकारीहरुलाई सम्मान समेत गरेकी थिइन् ।
फोटो :सरोज बस्नेत
