टोखा नगरपालिका द्वारा सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान

टोखा नगरपालिका द्वारा सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान

कपन अनलाइन

काठमाडौं ,असार १५।

टोखा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।टोखा नगरपालिकामा आयोजित एक कार्यक्रममा स्वास्थ्य सामाग्रीहरु सामूदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरेका थिए  ।
कार्यक्रममा नगर प्रमुख प्रकास  अधिकारीले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रण र विद्यार्थीहरुलाई पढाउन सहयोग पुर्याउने उद्देश्यले विद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको बताएका थिए  ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य दिपक निरौलाले टोखा नगरपालिकाले नगरको विकास र समृद्धिका लागि गरेका कार्यहरुको प्रशंशा गर्दै  कोभिड १९ को रोकथाम, नियन्त्रण र अनलाइन कक्षा सञ्चालनका लागि स्वास्थ्य सामाग्रीले विद्यालयहरुलाई महत्वपूर्ण सहयोग पुर्याउने विस्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले विद्यालयहरुलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रण र अनलाइन शिक्षा प्रदान गर्न सहज होस् भनेर नगरपालिकाले स्वास्थ्य सामाग्री प्रदान गरेको बताएकि छन  ।
टोखा नगरपालिकाले नगरका सामूदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई बाल मनोविज्ञान, अनलाइन शिक्षा लगायतका विषयमा केन्द्रीत रहेर तालिम पनि सञ्चालन गरेको शिक्षा शाखाका उपसचिव बाबुराम गौतमले जानकारी दिएका छन  ।


त्यस्तै  टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका साथै नगरको समग्र विकास, समृद्धि र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर नगरपालिकाले कार्य गरिरहेको बजानकारी गराएका थिए ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु मधुसुदन पाण्डे, जगन्नाथ ढकाल, जोग प्रसाद नेपाल, नगर कार्यपालिका सदस्यहरु कल्पना घिमिरे र उर्मिला विश्वक्रर्मा लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु र विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।फोटो सौजन्य :स्थानीय सरोकार

तपाइँको प्रतिक्रिया ।