नवजागृति मावी रामहिटीका अभिभावकहरुलाई खाद्यान्न सहयोग

नवजागृति मावी रामहिटीका अभिभावकहरुलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,असार ८।

काठमाडौं महानगरपालिका वडा नं ६ रामहिटीमा रहेको नवजागृति मावीका अभिभावकहरुलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाली कांग्रेस वडा नं ६ इकाईको सहयोगमा सो विद्यालयका ६० जना  अभिभावकहरुलाई खाद्यान्न सहयोग गरिएको थियो।

नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उक्त विद्यालयका अभिभावकहरुलाई  चामल ,चाउचाउ लगायतका खाध्य सामाग्री हस्तान्तरण गरेका थिए।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,नेपाली कांग्रेस वडा नं ६ इकाईका सभापति भुवन लामा ,नव जागृति मावीका प्रधानाध्यापक डम्बर राई , इन्चार्ज शंकर राज न्यौपाने ,मधु बोगटीको उपस्थितिमा खाद्यान्न  सहयोग  गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।