लकडाउन : नर्मदेश्वरी सत्याल (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २५।
हाम्रै निम्ति छ यो बुझेर अब ता बस्छौँ कि घरमै भनी
सरकारले पनि सोच राखीमनमा खट्दै गर्दै छ नि
बाँच्नु हो सबथोक बाँच सजिलै मानेर ज्ञानी भई
कोरोना अति सूक्ष्म घातक भयो बस्यौ कि है होस् गरी ।
लाग्दाशत्रु सजगभएर रहँदा बाचिन्छ है बाँच्नु छ
बन्दा हुस्सु फसिन्छ मृत्यु मुखमा लकडाउननै उच्च छ
दुःखै भो मन आत्तियो र मनमाखेले कुरा धेर भने
कोरोना अति तीक्ष्ण भै जिउविसे झम्टिन्छ रे मज्जाले ।
विश्वैमा भन के कमीहुनगई कोभिड बनीमालिक
मान्छेकै त्रुटिले विध्वंश पृथिवी धेरै बने सालिक
थुरथुरथुर मन हुन्छ आँट नभएक्पाप्पै छ खाने सुर
कोरोना मनुको बन्यो यस घडी सोचेर लड्ने म त ।
पृथ्वीभर्नु छ है तिमीबुझ सखे मान्नु छ लकडाउनै
लकडाउन नगरे भुतुक्क मरिने कस्तो परेयो आपतै
सम्झे है भुलभो हरे ! प्रकृतिमाधूलोहिलो मच्छ्र
कोरोना अति रम्छ रे धुमिलमै मान्छे बन्यो दुच्छर ।
छैनन् कतिप्रकृतिका छटछटा बन्यो सहर कंक्रिट
पन्छीको पनिछैनबास बसने बुट्यानपोथ्रा अब
गोही, कागगएकताकुनादिशाखानानभै आखिर
कोरोना सहजै उठेर पृथिवी डगमग भयो त्रास छ ।
फक्रेकापिपिरा बसन्तऋतुमा झुल्छन्, बगैँचाभरि
मान्छे नै सबहो उही छ भरमा बाँचिन्छ पक्कै पनि
यो धर्ती सजियोस् जुटौँ प्रिय सखे ! जेजे परे तापनि
कोरोना परिवार अरू पनिथिएभागे तिमी बेस्सरी ।
बाँच्नु हो पहिले बचौँ सब मिली तेरो र मेरो नभै
मान्छेहौँ सब एक हौँ बुझ सखे मिल्दा र गर्दा झनै
झट्टै उठ्छ धरा मनोहर भई बस्यौ नि लकडाउन ?
कोरोना सब हट्छ स्वच्छ बन हे नेपाल जोगाउन ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक