“समृद्ध नेपाल, सुखी नेपाली” नामक गिती एल्वम सार्वजनिक

“समृद्ध नेपाल, सुखी नेपाली” नामक गिती एल्वम सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २५।

“समृद्ध नेपाल, सुखी नेपाली” नामक गिती एल्वम सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमेत गितकार रहेको  गिती एल्वममा कुल ५ वटा गीतहरु संग्रहित रहेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा  तयार भएको गिति एल्वमको ठिमी भक्तपुरमा ७० जना भन्दा वढी आम सर्वसाधारण नागरिकहरुले सार्वजनिक गरेका थिए।

गिती संग्रहमा ५ वटा गितहरुमध्ये स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिदैन प्रवासलाई प्रधानमन्त्री केपी ओलीले रचना गर्नु भएको हो भने शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन ।

यस्तै हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखि खुसी जनता नाँचेको रमेशकुमार पौडेलले रचना गर्नुभएको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिनुभएको छ ।

त्यसैगरी समृद्ध नेपाल सुखी नेपाली बोलको गितमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिनुभएको छ । मुर्झिएका सपनाहरु विउँझायौ तिमिलेलाई रमेशकुमार पौडेलले रचना गरेका छन  भने राजेश पायल राईले आवाज दिएका हुन्  । त्यसैगरी पूर्वपश्चिम सिमा तिर दुश्मनले नजर लगायो बोलको गितमा विपिन किरणको रचना बद्री पंगेनी र मेलीना राईको आवाज रहको छ ।

किरण क्रियसनले बजार व्यवस्थापन गरको गिति संग्रहमा संगित संयोजन आमोश तामाङ रहको छ भने सम्पुर्ण गितमा प्राज्ञ शान्तिराम राईले संगित भरेका छन।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिएको अडान र समृद्ध नेपाल, सुखी नेपाली बनाउँको लागि लिनुभएको पहलकदमीलाई जनतामाझ लैजानको लागी गिति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेस पौडेलले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।