निजी विद्यालयमाथि विभेद गरियो : नेसनल प्याव्सन
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १६।
राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारले निजी विद्यालयलाई विभेद गरेको बताएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा निजी विद्यालयलाई उपेक्षा गरेकाे नेसनल प्याब्सनले ठहर गरेको बिगप्ति जारि गरेर जनाएको छ।
अध्यक्ष ऋतुराज सापकोटा र महासचिव सुवास न्यौपानेले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मुलुक कोरोनाको महामारीले गर्दा स्तब्ध भएको वर्तमान अवस्थामा निजी लगानीमा सञ्चालनमा रहेका हजारौँ शिक्षालयहरू र सम्बद्ध लगानीकर्ताहरू, यसमा आश्रित लाखौँ शिक्षक, कर्मचारी, तथा अभिभावकहरूसमेत प्रस्तुत बजेटले देखाएको विभेदका कारण अश्चर्यमा परेका छन् ।’
‘सामुदायिक विद्यालयको सुधारका लागि निजीले जिम्मेवारी लिनुपर्ने भन्ने कुरा ‘जोगीको घरमा सन्यासी पाहुना’ सावित भएको छ’ सो विज्ञप्तिमा भनिएको छ ।