रूकुम घट्नाकाे विरोधमा सिन्धुपाल्चोकका दलितले ज्ञापन पत्र बुझाए

रूकुम घट्नाकाे विरोधमा सिन्धुपाल्चोकका दलितले ज्ञापन पत्र बुझाए

 कपन अनलाइन

सिन्धुपाल्चोक,जेष्ठ १६ /दिपक विक्रम देउजा

जेठ १५ सिन्धुपाल्चोक रूकुम घट्नाकाे सम्बन्धमा सिन्धुपाल्चोकका दलित अगुवाहरूकाे उपस्थितिमा जिल्ला प्रशाशन कार्यलय सिन्धुपाल्चोक मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझायकाे छ ।

गत जेष्ठ -१० गते पश्चिम रुकुममा नवराज वि. क लगायत तीन जना युवाको हत्या,तीन जना बेपत्ता पािरनुका साथै १३ जनालाई निर्घात कुटपिट गरियकाे थियाे । साेहि घटनामा संलग्न व्यक्तिहरुलाई सिन्धुपाल्चोक दलित समुदायहरुले कार्वाहीको माग गरेका हुन ।

रूकुम घट्नाकाे सम्बन्धमा सिन्धुपाल्चोक का दलित अगुवाहरूकाे उपस्थितिमा जिल्ला प्रशाशन कार्यलय सिन्धुपाल्चोक मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझायकाे छ । सिन्धुपाल्चोककाे दलित समुदायकाे तर्फबाट पठायकाे उक्त पत्रमा दाेशिलाई सहिद र हत्यामा संलग्न व्यक्तिहरुलाई कार्वाहीकाेमाग गर्दै बिहीबार सिन्धुपाल्चोक दलित समुदायको संयुक्त उपस्थितिमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हाे।

सिन्धुपाल्चोक दलित समुदायद्वारा बिहिबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मार्फत गृहमन्त्रालयलाई बुझाएको ज्ञपन पत्रमा घटनामा मृत्युबरण गर्ने नवराज विश्वकर्मा गणेश बुढामगर टीकाराम सुनार र लोकेन्द्र सुनारलाई सहिद घोषणा / बेपत्ताको खोजी गर्नुपर्ने, अनिवार्य दलित प्रतिनिधि सहितको उच्चस्तरीय संसदीय नागरिक छानबिन समिति गठनगरि सत्यतथ्य पत्ता लगाई दोषी उपर कडा कार्वाही गर्नुपर्ने, मृतकको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नर्नुपर्ने , सम्पूर्ण घाइतेलाई उपचार गर्नुपर्ने, घटना घटेको पश्चिम रुकुम र जाजरकोट न्याय प्रेमि दलित एवं जाहेरवालाको शान्ति सुरक्षा ग्यारेन्टी गर्नुपर्ने, जातीय भेदभाव र छुवाछूतमुक्त नेपाल घोषणा मात्रै होइन यसको व्यवहारिक कार्यान्वयन गर्न र गराउनका लागि संघीय प्रदेश र स्थानीय सरकारद्वारा दलितको प्रतिनिधित्वसहित नीति र कार्यक्रम बनाई अनिवार्य कार्यन्वयनमा ल्याउनुपर्ने,जातीय भेदभाव र छुवाछूत बिरुद्धको सन्धि महासन्धिमा नेपाल पक्ष भइरहेको र नेपालका लागि संयुक्त राष्ट्रसंघीय नियोग समेत निष्पक्ष छानबिन र पिडकलाइ कार्वाही गर्न अपिल गरि सकेको सन्दर्भमा यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न / गराउन विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संस्था निकाय नियोगहरुलाई यस जघन्य हत्याकाण्ड अपराधको विरुद्धमा अध्ययन अनुसन्धान गर्न गराउन सहज बाताबरण उपलब्ध गराइयोस्।

भन्ने रहेकाे छ । रुकुममा नवराज विक लगायतका तीन जनाको हत्यामा संलग्न व्यक्तिहरुलाई कार्वाहीको माग गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मार्फत गृहमन्त्रालयलाई बिहीबार ज्ञापनपत्र बुझाएको दलित अगुवा चन्द्र धिमालकाेटिले बताए । घटनालाई कानुनी दायरामा ल्यायी कार्वाही प्रक्रिया अगाडि बढाउन कुनै दबाब संरक्षण प्रलोभनमा नपरि निष्पक्ष छानबिन गरि हत्यारालाई कडाभन्दा कडा कार्वाही गर्न कुनै राजनितीक दल वा काेहि लाग्छ भने हेरेर नबस्ने धिमालकाेटि काे भनाइ छ ।

दलित मुक्ति संगठनका ईन्चार्ज तथा नेकपा सिन्धुपाल्चोकका नेता रामबहादुर सुनारका अनुसार पिडितले न्याय नपाए सम्म जातीय हिंसा बिरुद्ध आफ्नो क्षेत्रबाट डटेर लाग्ने र न्यायको पक्षमा उभिन कहिले पछाडि नहट्ने बताए। भने सम्पुर्ण न्याय प्रेमि जनसमुदाय, पत्रकार, मानबअधिकार कर्मि,वकिल सबैलाई न्यायकाे पक्क्षमा उभिन अनुराेध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।