कोरोना जितेर फर्किए चन्द्रागिरि नगरपालिकाका ५ जना संक्रमित

कोरोना जितेर फर्किए चन्द्रागिरि नगरपालिकाका ५ जना संक्रमित

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १६।

चन्द्रागिरि नगरपालिकाका ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कोरोना जितेका उनीहरु अस्पतालबाट घर फर्केका हुन्।

संक्रमण पछि दुईवटा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको  चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए ।५ जनाको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।चन्द्रागिरि नगरपालिका वडा न १, ९, १०, ११ र १२ का १-१ गरी ५ जनाको डिस्चार्ज भएको हो।

उनीहरु सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको महर्जनले बताएका छन  ।साथै चन्द्रागिरि नगरपालिका वडा न ९ मा थप एक जना कोरोना संक्रमित भेटिएको छ। कोरोना संक्रमित पुरुष चन्द्रागिरि नगरपालिका वडा न ९ निवासी हुन्। चन्द्रागिरि नगरपालिकाकामा सङ्क्रमितको कुल सङ्ख्या ६ पुगेको छ। अहिलेसम्म ५ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।

तपाइँको प्रतिक्रिया ।