गगन थापाको भारतीय मिडियालाई चेतावनी “कुटनीतिक मर्यादा ख्याल गरे मात्र मित्रताको अर्थ रहन्छ”
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ८।
नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले विषयमा मनीषा कोइरालादेखि भारतीय सेनामा कार्यरत नेपाली सम्मले भारतीय राजनीतिक वृत र सञ्चार माध्यममा रहेका सबैले सुन्ने गरी देशको सीमा र राष्ट्रिय स्वाभिमानको विषय उठाउनु पर्ने बताएका छन।
घरभित्रका अनेकन विषयमा हाम्रा बिचमा मतभिन्नता छन् र रहन्छन् भन्दै थापाले रास्ट्रिय विषयमा सबै एकै स्थानमा हुने र एकै स्वरमा लिपुलेक, कालापानी,लिम्पियाधुरा हाम्रो भूमि हो भनेर भन्नुपर्ने बेला आएको बताएका छन।
कुटनीतिक मर्यादाको ख्याल गरे मात्र मित्रताको अर्थ रहन्छ भन्दै थापाले सवै नेपाली र सिंगो नेपाल एक ठाउँमा उभिनुपर्ने वेला आएको धारणा राखेका छन।
सांसद थापाको सन्देस :
भारतीय राजनीतिक वृत र सञ्चार माध्यममा रहेका सबैले सुन्ने गरी भनौँ:
घरभित्रका अनेकन विषयमा हाम्रा बिचमा मतभिन्नता छन् र रहन्छन्
तर,देशको सीमा र राष्ट्रिय स्वाभिमानको विषयमा मनीषा कोइरालादेखि भारतीय सेनामा कार्यरत नेपालीसम्म,
सडकदेखि सदनसम्म,मधेसदेखि हिमालसम्म, देशभित्र रहेका वाहिर रहेका सवै नेपाली र सिंगो नेपाल एक ठाउँमा उभिएर एकै स्वरमा भनिरहेका छाैं लिपुलेक, कालापानी,लिम्पियाधुरा हाम्रो भूमि हो । हस्तक्षेप बन्द गर। हाम्रो भूमिबाट फिर्ता जाऊ,हाम्रो सार्वभौमिकताको सम्मान गर। कुटनीतिक मर्यादाको ख्याल गर। अनि मात्र हाम्रो मित्रताको अर्थ रहन्छ।