बुढानिलकण्ठ नगरपालिकाको ५० औं कार्यपालिका बैठक सम्पन्न
कपन अनलाइन
काठमाडौं जेठ २ ।बुढानिलकण्ठ नगरपालिकामा बिहिबार ५० औं कार्यपालिका बैठक सम्पन्न भएको छ। नगर प्रमुख उद्दब खरेलको अध्यक्षमा सामाजिक दुरी कायम गरि बसेको उक्त बैठकमा बिबिध बिषयमा छलफल गरिएको नगरपालिका प्रवक्ता एबम वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराइले जानकारी गराए।उनले राहत वितरण, कोरोना संक्रमण रोकथामका प्रयासको समिक्षा गरिनुको साथै आगामी बजेट लगायतको बिषयमा छलफल भएको उनले बताए।
उनले नगरपालिकाको प्रत्येक वडाहरु बाट वितरण गरिएको राहतको भुक्तानीको लागि बिवरण आएको बताउदै दुइ वटा वडाको चाहि आउन बाँकी रहेको बताए जसमा वडा नं ३ र वडा नं १३ रहेको पनि बताए। उनले हाल सम्म नगरपालिकामा ११ वटा वडा बाट भुक्तानीको लागि १ करोड ४९ लाख ८१ हजार ५ सय ९१ रूपैया भुक्तानीको लागि माग भएको पनि बताए । उप प्रमुख रमा देबी राइको संयोजकत्वमा रहेको अनुगमन समितिले अनुगमनलाइ तिब्र बनाउने समेत निर्णय गरिएको बताए ।
यस्तै नगरले आगामी बजेट निर्माणका लागि प्राथमिकताको सूची तयारी गरि त्यसमा छलफल चलिरहेको बताए । उनले पहिलो पूर्वाधार, दोस्रोमा सामाजिक विकास, तेस्रोमा आर्थिक विकास, चौथोमा बिपत व्यवस्थापन तथा वातावरण र पॉचौमा सुशासनलाई राखेर आगामी बजेट निर्माण गरिन लागिएको पनि बताए ।त्यस्तै बैठकले राहतको लागि रोजगारी कार्यक्रम समेत संचालन गर्ने तयारी गरिरहेको बताए । त्यसै गरि उनले बैठकमा कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि नगरले अवलम्बन गरेको प्रयासहरुको समेत समिक्षा गरिएको बताउदै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित प्रस्तावित सिर्जना ग्राममा कोरेन्टाइन निर्माण गरिन लागेको समेत बताए ।
त्यसै गरि प्रवक्ता भट्टराईले नगर राजस्व समितिले २०७७ / ८८ आयको प्रक्षेपण समेत गरेको बताए । जस अन्तर्गत आन्तरिक आय २३ करोड २० लाख अनुमान गरिएको जसमा मालपोत बाड-फॉड बाट ४० करोड, वितिय समन्वयबाट २६ करोड ५८ लाख रहेको बताए । यसै गरि मूल्य अभिबृद्धि कर र आन्तरिक कर बाट १० करोड उठाउन सकिने आनुमान गरिएको पनि बताए । साथै उनले कोभीड १९ को सन्दर्भमा नगरपालिकाले स्मारिका प्रकाशित गर्ने पनि बताए उनले सो स्मारिका कोभिड नियन्त्रण पछि बनाइने बताउदै जसको लागि उप प्रमुख रमादेवी राई संयोजक रहने गरि समिति निर्माण गरिने समेत बताए । त्यस्तै नगरपालिकाले विदेशमा रहेका नगरका नागरिकहरुको लागत सङ्कलन गर्न निर्देशित गरिएको पनि बताए ।