प्रदेश सभा सदस्य दिपक निरौलाको संयोजनमा कृषि तथा प्राविधिक शिक्षा प्रवर्धनका लागि छलफल सम्पन्न

प्रदेश सभा सदस्य  दिपक निरौलाको संयोजनमा कृषि तथा प्राविधिक शिक्षा प्रवर्धनका लागि छलफल सम्पन्न

कपन अनलाइन

काठमाडौं जेठ २ काठमाडौं क्षेत्र नं ५ (२) को संयोजनमा विद्यालयहरुमा शिपमुलक शिक्षा (प्राविधिक र कृषि ) विषयमा छलफल  भएको छ। बिहिबार बुढानिलकण्ठ नगरपालिका वडा नं ७ को छहारी भवनमा बागमती  प्रदेशसभा सदस्य दिपक निरौलाको पहलमा भएको सो छलफलमा प्रदेश सभा सदस्य भीमसेन खत्री, प्रदेश सभा सदस्य सीता लामा ,डा. रेवतीमान श्रेष्ठ,प्राध्यापक डा शिव कुमार राइ राष्ट्रिय  युवा परिषदका सह सचिब डा.बाबुराम ढुंगाना,टोखा नगरपालिका प्रमुख शिक्षा  अधिकृत बाबुराम गौतम लगायत बुढानिलकण्ठ,टोखा र काठमाडौं महानगरपालिका वडा नं ३ का निजि तथा सार्वजनिक विद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 प्रदेश निर्वाचन क्षेत्रमा भएका  बिध्यालयहरुमा शिपमुलक  (प्राबिधिक र कृषि)  शिक्षामा  बिद्यार्थीहरुलाई कसरी  अध्ययन गराउन सकिन्छ भन्ने बिषयमा छलफल केन्द्रित रहेको थियो ।कार्यक्रम बिषय बिज्ञ बि के  श्रेष्ठले प्रस्तुतीकरण गरेको कार्यक्रममा  प्रदेश सभा सदस्य भीमसेन खत्री प्रदेश सभा सदस्य सीता लामा ,डा रेवतीमान श्रेष्ठ, प्राध्यापक डा शिव कुमार राइ राष्ट्रिय  युवा परिषदका सह सचिब डा.बाबुराम ढुंगाना, टोखा नगरपालिका  प्रमुख शिक्षा  अधिकृत बाबुराम गौतम लगायत बुढानिलकण्ठ,टोखा र काठमाडौं महानगरपालिका वडा नं ३ का निजि तथा सार्वजनिक विद्यालयका प्रतिनिधिहरुको आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कृषि प्राबिधिक अविन तामाङले आफ्नो अनुभब  प्रस्तुत गरेका थिए ।

विद्यालयहरुमा अहिलेसम्म पढाइँदै आएको शिक्षाले शैक्षिक बेरोजगारको संख्या बढाएको भन्दै शैक्षिक प्रमाणपत्र बोकेर धेरै युवा रोजगारीका लागि देशमा भौतारिने र केहि नलागेपछि विदेश जाने प्रचलनलाई रोक्नका लागि अब प्राबिधिक शिक्षामा जोड दिनुपर्ने प्रदेश सभा सदस्य दिपक निरौलाले  बताए।

देशमा युवाहरुमा आएको निरासालाई चिर्नका लागि अब प्राबिधिक शिक्षाको कुनै बिकल्प नरहेको भन्दै  प्रदेश सांसद दिपक निरौलाले प्रदेश सरकार प्रत्येक  स्थानीय तहमा प्राबिधिक शिक्षा पुर्‍याउने अभियानमा रहेको जानकारी गराए।लकडाउनका कारण विद्यालय सञ्चालनमा आउन नसक्दा विद्यार्थीहरुको पठनपाठन ठप्प भएको छ भने कति पय निजि शिक्षण संस्थाहरु द्वारा प्राविधिक प्रणालीबाट पठनपाठनको कार्य सुरु गरेका  छन ।

यसका साथै रोजगारीमा समेत लकडाउनका कारण प्रमुख असर पर्न गएको छ। कोरोना संक्रमणको क्रम बढ्दै गर्दा रोजगारीका लागि विदेशिएका व्यक्तिहरु समेत नेपाल फर्किएका  छन, जसका कारण नेपालमा रोजगारीको चुनौती झनै बढेको छ। मुलिक बाहिर रहेका जनशक्तिलाई कृषि क्षेत्रमा लगाउन सकियो भने अन्य मुलुकहरुबाट आयात गरिने खाद्यान्न तथा तरकारीहरु उत्पादन यहिँ गर्न सकिने हो भने अन्य मुलुकको निर्भरतालाई समेत कम गरिन सकिने र  यसका कारण बेरोजगारी तथा विदेशिने क्रमको समस्यालाई समेत न्युनिकरण गर्न सकिने उनको भनाई रहेको थियो ।

प्राविधिक शिक्षा र कृषि क्षेत्रको कार्यलाई प्राथमिकता दिँदै यस बन्दा बन्दी खुल्ने समयसम्म आन्तरिक रुपमा तयारीहरु गरिनुपर्ने उनको भनाई रहेको थियो । जसको प्रतिफलमा विदेशबाट फर्किएका व्यक्तिहरुलाई रोजगारीको सिर्जना हुने, साथै अहिले खाद्यान्नमा आएको समस्याका कारण अन्य मुलुकसँगको निर्भरता हटाउन र साथमा शिप सिक्न समेत यसले अवसर सिर्जना गर्ने उनले बताए ।

टोखा, बुढानिलकण्ठ र काठमाडौं महानगरपालिका ३ मा रहेका नमुना बिध्यालय छनौट गरेर प्राबिधिक शिक्षाको पठनपाठन गराउनु पर्नेमा उनको जोड दिदै आफ्नो व्यवसाय गर्ने र आफ्नै कमाइ गरेर खाने संस्कृतिको विकास गर्नुपर्ने बताए  ।प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण देश विकासमा पछाडि  परेको  बताउदै  प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न पर्दैन उनले भने ,आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै  हो ।

पछिल्लो समय विद्यार्थीलाइ व्यावहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित बनाउनु पर्ने बताउदै उनले त्यसको लागि सबै जना एक जुट हुदै त्यस्तो शिक्षाको सम्भाव्यता अध्ययन गर्नको लागि नमुना बिध्यालय छनौट गरि अगाडी बढ्नु पर्ने धारणा राखेका थिए ।

उनले नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका बताए । उनले कोरोनाको कारण धेरै बेदेशमा नेपालको  जनशक्ति बेरोजगार भईरहेको बताउदै आफनै देशमा त्यस्ता ब्यक्तिहरुलाई श्रमको उचित मूल्य सहित रोजगार सृजना गर्न पनि प्राबिधिक शिक्षाले सहयोग पुर्याउने बताए। उनले कृषिको लागि अझै पनि बुढानिलकण्ठ को चुनिखेल र टोखाका बिभिन्न स्थान उर्भर भएको भन्दै सामुहिक कृषि गर्नु पर्ने आवश्यकता रहेको बताए ।

करिब ४ घण्टा सम्म सामाजिक दुरी सहित भएको सो छलफलमा बोल्ने बक्ताहरुले प्राविधिक शिक्षालय स्थापना र संचालनको संभावनाका वारेमा आफ्नो धारणा राख्दै कोरोना जोखिमको विषम परिस्थिति पनि  कार्यक्रम आयोजना गरेकोमा  आयोजकलाइ धन्यवाद दिदै यस्तो कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा जोड दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।