लकडाउनमा लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को “पन्च अनुभूति”

लकडाउनमा लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को “पन्च अनुभूति”

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ २।

लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ को “पन्च अनुभूति ”  वेब सेमिनार जारी रहेको छ। सन् २०२० मे ११ मा शुरु भएको सेमिनार मे १५ मा समापन हुनेछ।

लायन्स क्लव अफ विराटनगर सेन्ट्रल होस्ट क्लव रहेको उक्त सेमिनारमा विभिन्न लायन लिडरहरुले फरक फरक विषयमा प्रशिक्षण दिएका थिए।

पाच दिन सम्म दैनिक १ घण्टा “पन्च अनुभूति ” नाम दिएर संचालन भैरहेको उक्त सेमिनारको पहिलो दिन पास्ट इन्टरनेसनल डाइरेक्टर संजय खेतानले “रोड टु सक्सेस “ विषयमा प्रशिक्षण दिएका थिए भने दोश्रो दिन भारतका लायन लिडर बमन कुमारले “पावर अफ गिभिंग ”   भन्ने विषयमा प्रशिक्षण प्रदान गरेका थिए।

करिव २ सय जना लायन लिडर तथा सदस्य सहभागी रहेको उक्त वेब सेमिनारको तेश्रो दिन लायन डा.सन्तोष दास श्रेष्ठले “रि इन्भेंट र रि इन्भेस्ट”  विषयमा प्रशिक्षण दिएका थिए भने चौथो दिन भारतका लायन लिडर एपी सिंहले  प्रशिक्षण प्रदान गरेका थिए।पाचौ दिनमा लायन लिडर   पंकज मेहताको प्रशिक्षण पश्चात उक्त “पन्च अनुभूति ”  वेब सेमिनार समापन हुनेछ।

नेसनल कन्भेन्सनको तयारीमा लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ 

लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले विषम परिस्थितिको संवेदनशीलतालाई  मध्ये नजर राख्दै सुरक्षित बैकल्पिक विधि बाट नेतृत्व चयनका लागि तयारी शुरु गरेको छ।

लकडाउनको पूर्ण पालना गर्दै कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगरी मतदानको मात्र व्यवस्था मिलाउन तयारी शुरु गरिएको र कुनै विशेष अवस्था नआए जेष्ठ १० गते नया नेतृत्व चयन गरिने पुर्व डिस्ट्रिक गभर्नर लायन अनन्त भेटवालले जानकारी दिएका छन।

सुरक्षित रुपमा सहभगिता मुलक मतदानका उपायका वारेमा सघन छलफलमा रहेको बताउदै भेटवालले यदि परिस्थिति फरक भएमा अन्तरास्ट्रिय लायन्सको नियम र अभ्यास अनुसार गरिने जानकारी दिएका छन।

आसन्न महाधिवेसनमा लायन टंक बहादुर श्रेष्ठ डिस्ट्रिक गभर्नर र लायन रेवत बहादुर कार्की फर्स्ट भाइस डिस्ट्रिक गभर्नरका लागि १०० प्रतिसत एस भोटको अपिल गरिरहेका छन भने लायन कर्मा गुरुङ र लायन दिपेन्द्र शाक्य सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर बन्नका लागि मैदानमा उत्रिएका छन।

 

तपाइँको प्रतिक्रिया ।