बौद्ध तामाङ कल्याण गुठि द्वारा लकडाउन प्रभावितहरुलाई खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौँ, बैशाख १४ । काठमाडौँ महानगरपालिका ६ बौद्धस्थित बौद्ध तामाङ कल्याण गुठिले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिक लकडाउनका कारण काम नभएर भोकै बस्न बाध्य भएपछि उनीहरुलाई खाद्य सामग्री प्रदान गरिएको बौद्ध तामाङ कल्याण गुठिका अध्यक्ष खड्गजित लामाले बताए ।
उनले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं ६ मा बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न ,अशक्त परिवारको पहिचान गरि बास्तविक पिडितलाइ पहिचान गरि सुरक्षित तरिकाले सामाजिक दुरी कायम गरि खाद्यान्न सहयोग गरिएको बताए। अहिले एकले अर्काको लागि सहयोग गर्ने समय रहेको र यसको मर्म बुझेर आवश्यक पर्नेले मात्र सहयोग लिनका लागि सबैलाई अनुरोध गरेका छन् ।उनले तामाङ कल्याण गुठीले बिभिन्न समयमा सामाजिक कार्य गर्दै आएको पनि बताए । लक्षीत वर्गका परिवारको सङख्याको आधारमा चामल, दाल, तेल, नुन लगायतका सामग्री वितरण गरिएको पनि बताए ।
उनले सो कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यबाद दिएका छन । बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा सहित काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा,वडा सदस्य जयराम पुडासैनी , नेपाली कांग्रेसका युवा नेता भुवन लामा , बौद्ध तामाङ कल्याण गुठिका पदाधिकारी सहितको उपस्थितिमा काठमाडौं महानगरपालिका वडा नं ६ श्री महेन्द्र बौद्ध माध्यमिक बिद्यालयमा राहत वितरण गरिएको थियो। करिब ३ सय जनालाई सुरक्षित तवरले सामाजिक दुरी कायम गरि खाद्यान्न वितरण गरिएको थियो ।