विपद व्यवस्थापन कोषमा एकीकृत महिला विकास समिति बुढानिलकण्ठ -११ को सहयोग

विपद व्यवस्थापन कोषमा एकीकृत महिला विकास समिति बुढानिलकण्ठ -११ को सहयोग

कपन अनलाइन 

काठमाडौं ,बैशाख १४।

बूढानीलकण्ठ नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा बूढानीलकण्ठ-११ को एकीकृत महिला विकास समितिले सहयोग गरेको छ।

उक्त अवसरमा  वडा ११ का वडाध्यक्ष राजु अधिकारी,एकीकृत महिला विकास समितिकि अध्यक्ष भवानी भट्टराई देउजा, सल्लाहकार संगीता पन्त, सुमिरा भण्डारी, ललिता गुरुङ उपाध्यक्ष सुशीला भण्डारी, कोषाध्यक्ष कन्चन बास्तोला, सुनिता गुरुङ,माया तामाङ,मेनुका थापा,गिता मिश्र लगायत पदाधिकारीले संयुक्त रूपमा नगर प्रमुख उद्धव खरेललाई  ४५ हजार १५ रुपैयाँ  हस्तान्तरण गरेको थियो।

नगर प्रमुख खरेलले सहयोगीहरुलाई नगरको अभियानमा सहकार्य गरेकोमा धन्यवाद दिएका थिए।

तपाइँको प्रतिक्रिया ।