मातातिर्थ मेला कोरोना संक्रमण जोखिमका कारण स्थगित गरिएको छ : वडा अध्यक्ष संजय सिग्देल
कपन अनलाइन
काठमाडौँ, बैशाख ११ । चन्द्रागिरी नगरपालिका वडा नं ६ थानकोट मातातिर्थमा लाग्ने मेला स्थगित गरिएको छ ।यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लक डाउनको कारण स्थगित गरिएको हो ।आमा नहुनेहरु औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे ।कोरोना भाइरस बारे सचेत हुनु जरुरी भएको र नेपालमा संक्रमितको संख्या बढी हुँदै गएको अबस्थामा मेला संचालन गर्नु उपयुक्त नहुने बताउदैचन्द्रागिरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष संजय सिग्देलले बताउदै उनले अन्यत्रको जात्रा मेलाहरु पनि धमाधम स्थगित भएको र वडा बासीको स्वास्थ्यलाई समेत ख्याल राख्नको लागि पनि यस्तो विषम परिस्थितिमा कुनै जोखिम लिन नहुने भन्दै मेला स्थगित गरिएको बताए ।उनले विषम परिस्थितिलाइ बेवास्ता गरि घर बाहिर निस्की हुल हुज्जत गरि कानुनको उलंघन गरेमा कानुन अनुसार कारवाही हुने पनि जानकारी गराए ।
यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको चन्द्रागिरी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष संजय सिग्देलले कपन अनलाइनलाइ जानकारी गराए । मातातीर्थमा संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने उनले बताए ।यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए। नगरपालिकाको सूचनाको अवज्ञा गरेमा अनुगमनमा खटिएका कर्मचारीले स्थलगत रुपमा रु १०० जरिवाना गर्ने जानकारी गराए ।
फोटो : समुन्द्र तिमिल्सिना