लकडाउन बाट प्रभावितहरुलाई नि:शुल्क भोजन कार्यक्रम शुरु गरेका छौ :नगर प्रवक्ता राजाराम पुडासैनी

लकडाउन बाट प्रभावितहरुलाई नि:शुल्क भोजन  कार्यक्रम शुरु गरेका छौ :नगर प्रवक्ता राजाराम पुडासैनी

कपन अनलाइन

काठमाडौँ, बैशाख ११ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ थलिमा विपन्न नागरिकहरुलाई खाना खुवाउने अभियान शुरु गरिएको छ । कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानाको  व्यवस्था गरिएको नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनीले बताए ।

 कागेश्वरी  मनोहरा नगरपालिका वडा न.५ को जनप्रतिनिधि तथा सर्बदलिय प्रतिनिधि सहित बिपत ब्यबस्थापनको भेला को  निर्णय पश्चात २०७७/०१/०९ गते देखि वडा न.५ भित्र बसोबास गर्ने अति बिपन्न तथा दैनिक ज्याला मजदुरी  गरि खाने वर्गहरुका लागि बिहान र बेलुका को खाना व्यंजन पार्टी प्यालेस मा खुवाउने निर्णय  अनुसार खाना खुवाउने काम गरिएको बताए।

उनले लकडाउन अवधिभर विपन्न नागरिकलाई खाना खुवाउने व्यवस्था मिलाइएको पुडासैनीले जानकारी गराए ।उनले प्रत्येक दिन  बिहान ९ बजे देखि ११ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खाना खुवाइने पनि बताए ।विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID- 19) को संक्रमणबाट नागरिकहरुलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका नगरपालिकाभित्रका सबै वडाका विपन्न नागरिकहरुलाई लकडाउन अवधिभर खाना खुवाइन लागेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।