“लक डाउनमा”(कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख ४ / त्रिलोचन आचार्य
पैmलियो झाङ्गियो धर्र्ती यौटै गाउँ समान भो
आविष्कार गरी नाना लाग्थ्यो मान्छे महान भो
भन्थ्यो मानिस चर्केरै औधी सुख्ख यहाँ छरेँ
त्यै मान्छे आज भन्दैछ “लक डाउनमा” परेँ ।
गाडी जापानको चढ्ने जुत्ता इटालिको निको
बोली बेलायती बोल्ने लगाइ देशको टिको
भन्थ्यो गर्व गरी फर्निचर हङ्कङगको भरेँ
विचरा आज भन्दैछ “लक डाउनमा”परेँ ।
डाक्दै घुमाउँछौँ मान्छे भन्थ्यौँ बोल्नै भयो डर
भूकम्पले निकालेथ्यो ऐले यै घरको भर
हावा जे जसरी चल्छ त्यसोरी हिँड्नु पर्छ रे
अबौँंको एउटै बोली “लक डाउनमा” परेँ ।
युद्ध हुन्थ्यो ठुलो ऐले देखिनेको कुरो भए
संझौतामा पुगी मिल्थ्यौँ समस्याको चुरो भए
मान्छेको जात एकै भो धुन्धुकारी विपक्ष रे
हार्दैन मनुवा भन्छ “लक डाउनमा”परेँ ।
कमाएको सबै पैसा सेना र हतियारमा
अनुदान दिने नाना आ–आफ्ना मतियारमा
अरुका घरमा पस्दै भन्ने राजनीति गरेँ
वादशाह नि भन्दैछन् “लक डाउनमा” परेँ ।
लुसुलुसु त्यसै छिर्छ आँखाले देखिँदैन यो
भुसुभुसु त्यसै पिर्छ समातौँ भेटिँदैन यो
ठाडै नदेखिने जन्तु होला त्यता यतै सरेँ
घरैमा थुनिएँ साथी “लक डाउनमा”मा परेँ ।