बुढानिलकण्ठ -९ को राहत प्रकरणको निस्पक्ष छानविन गर्न नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ (२) को माग
कपन अनलाइन
काठमाडौं ,बैशाख ४।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ (२) ले यहि चैत २७ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा राहत वितरणका क्रममा अनियमिता भएको प्रसंगमा सत्य तथ्य छानविनको माग गरेको छ।
समितिका सभापति विनोद चालिसे द्वारा जारी गरिएको बिज्ञप्तिमा उक्त दिन वडा सदस्य पर्शुराम कार्की द्वारा अपचलन गरिएको भनेको ६ वोरा चामलका विषयमा निज सदस्य र त्यस वडाको समिति माथि छानविन गर्न लागि नगरपालिका समक्ष आग्रह गरिएको छ।
उक्त बिज्ञप्तिमा संक्रमण कालिन समयमा आएको अनियमिताको कुरा संचार माध्यम र सामाजिक संजालमा आइसकेको अवस्थामा यसको निस्पक्ष छानविनका लागि आग्रह गरिएको छ।
तपाइँको प्रतिक्रिया ।