प्रवासमा एक महिना विरामी बन्दाको दु :खद अनुभव
कपन अनलाइन
जापान ,चैत २२/प्रकृति फुयाल
चाईनालाई कोरोना भाईरसले आक्रान्त पारीरहेकै बेला म पनि ज्वरोले थला परिरहेको थिए।करिब १ महिना देखि मलाई ज्वरोले च्याप्ने र छोड्ने भएको थियो।२ पटक अस्पताल पुगिसकेको थिए।
पहिलो पटक अस्पताल जादा ईन्फ्लुएन्जा चेक गरियो र त्यसको रिजल्ट नेगेटिभ आएको छ भन्दै साधारण रुघा खोकिको औषधि दिईयो।दोस्रो पटक पनि बिना चेक जाँच पठाईयो।
त्यसपछि पनि ज्वरो र घाटि दुख्ने समस्या भईरहेकाले मैले बाहिरबाटै औषधि किनेर खाए।बाहिरको औषधिले पनि कम नभए पछी तेस्रो पटक म पुन: अस्पताल नै पुगेको थिए तर फेरि पनि अस्पतालमा सामान्य चेक जाँच गरेर एउटै मात्र कोरोनारु ५०० (सिटामोल)औषधि दिदै ,३८.५ ज्वरो आएमा मात्रै खानु र ज्वरो ३ दिन सम्ममा नघटे फेरी आउनु भनेर फर्काइयो।
यसरी बारम्बार अस्पताल गएर औषधि सेवन गर्दा पनि म झन झन कमजोर बन्दै गईरहेको थिए। साझ परेपछि सधै ज्वरो बढेर आउथ्यो। त्यो दिन शरिर अलि बढी नै तातिरहेको थियो र पनि मनमा कोरानाको महामारी फैलिएको छ न म पनि १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने होकी भन्ने डर बढिरहेको भएता पनि चुपचाप सहेर सुते।राती एक्कासी शरिर एकदमै चिसो भएर ब्युझिए।
ज्वरो बढेर ३८.८ भएको थियो ।जिउको दुखाई बढिरहेको थियो।मलाई टाउको उठाएर बस्न हम्मे-हम्मे परिरहेको थियो।शरिरका हरेक अंगहरु दुखिरहेका थियो। ढाड र कम्मर को दुखाई सहि नसक्नु भएर घरि घोप्टो पर्दै घरि भुईमा पल्टेर बसे।करिब एक घण्ट देखि मेरो शरिर एकनासले कापिरहेको थियो।ज्वरो बढेर ३९.४ पुगेको रहेछ।म बोल्न र चल्न नसक्ने अबस्थामा पुगी सकेको थिए ।
चारैतिर कोरोनाको महामारी फैलिएको बेला भएर होला मन झनै आत्तिएको थिए।बल गरेर आफैले एम्बुलेन्सलाई खबर गरेँ।केहिबेरमै एम्बुलेन्स आईपुग्यो। केहि सोधपुछ पछि ममा कोरोनाको संकेत देखिएकाले आफुहरुको एम्बुलेन्समा अस्पताल लान नसक्ने बताउदै माफि मागे।
म नारीता विमानस्थलको कर्मचारी भएकै कारण लिएर जान अस्वीकार गरिरहे।निकैबेरको अनुरोध पछि उनिहरुले केहि अस्पतालमा फोन गरे तर कुनै पनि अस्पतालले उपचार गर्ने तत्परता देखाएन।
उनिहरुले अझै पनि मलाई आफै अस्पताल जानु भन्दै माफि मागिरहेका थिए।अन्तिममा केही नलागेर हस्पिटल पनि नपुगि म बिदेशमा यत्तिकै मर्छु जस्तो लाग्न थाल्यो।
त्यसवेला मैले घर-परिबार सबैलाई सम्झिए।पहिलो पटक विदेशिएकोमा खुब आत्मग्लानी भईरहेको थियो।कहाँ कस्लाई गुहारौ भनेर सोचीरहदा नेपाली ईन जापानको फेसबुक पेजमा राखिएको कोरोना बारेको जानकारी सम्झिए र त्यहाँबाट नम्बर लिएर कोरोनाको शंका लागेमा विदेशीहरुलाई सेवा दिने भनिएको संस्थालाई गुहारेँ ।
निकै आनाकानीपछि मलाई नारीता रेडक्रस लगियो । चार घन्टा एम्बुलेन्समा नै राखेर इन्फ्लुएन्जा चेक गरियो र छातीको एक्सरे गरियो । न त मलाई अस्पताल भित्र छिराइयो न त अन्य कुनै सेवा र परामर्श नै दिईयो । ज्वरो झन् बढेर ३९.६ पुगिसकेके थियो।तर पनि इन्फ्लुएञ्जा नभएको र छातीमा पनि कुनै खराबी नदेखिएकोले मलाई समान्य रुघाखोकी हुनसक्ने भनियो ।
लगातारको ज्वरो, शारीरिक कमजोरी, टाउको दुखाई, पाचनप्रणालीमा समस्या जस्ता कोरोना भाइरसको संक्रमितमा देखिने हरेक लक्षण ममा देखिएकोले कोरोना परिक्षण गर्न जति नै अनुरोध गर्दा पनि वयस्कहरुलाई त्यती खतरा हुँदैन र केही दिन घरभित्रै बसेर स्वास्थ्यको हेरचाह गरे निको भइन्छ भनेर फर्काइयो ।
श्वासप्रसास प्रणालिमा समस्य आएको र छातिमा समस्या हुनेहरुको मात्र कोरोना टेस्ट गरिने कुरा बताउदै फेरि पनि पहिले गएकै अस्पतालले दिएको प्यारासिटामोल दिइयो र त्यसलाई पनि सकभर नखानु भनियो।न त मैले बिरामीले पाउने सेवा नै पाए न त डाक्टरहरुको राम्रो ब्यबहार थियो।मैले हरेस खाइसकेको थिएँ ।
उपचार नै नपाएर परदेशमा मर्दैछु भन्ने डर र कोरोनाको डरले मलाई झन् झन् कमजोर बनाइरहेको थियो । त्यसपछि पनि मलाई दुई दिन सम्म उस्तै उच्च ज्वरो आइरह्यो । एक महिनामा तीन पटक ज्वरोकै कारण अस्पताल जाँदा प्रत्येक पटक केही चेकजाँच नगरी समान्य रुघाखोकी भन्दै फर्काइएको थियो तर यसपटक मेरो स्वास्थ्य निकै कमजोर र गम्भीर भईरहेको थियो ।
अस्पतालबाट फर्किएपछि ज्वरोसंगै बान्ता पनि भईरहेको थियो । त्यसपछि मलाई चारदिन सम्म पखाला चलिरह्यो । अस्पताल गएर उपचार नपाउनेमा ढुक्क भएपछि म घर मै बसेर प्रशस्त पानी पिउने, आराम गर्ने र मनलाई सान्तवना दिने गर्न थालेँ । स्वास्थ्यमा क्रमिक सुधार आयो र मेरो स्वास्थ्य अहिले सामान्य छ ।
यो बेला बिरामी हुँदा जे भोगेँ अहिलेसम्मको नमिठोअनुभव थियो । त्यसैले सो भोगाईले सिकाएका केही अनुभवहरु बाँड्न चाहन्छु ।
१.. संसारभरी कोरोनाको आतंक फैलिएको छ । यस्तो अवस्थामा कोही बिरामी हुनुहुन्छ भने पहिलो कुरा आफुलाई मानसिक रुपमा स्वस्थ राख्नुहोस् ।
सामाजिक संजालबाट केही दिन टाढै बस्नुहोस् । जसरी सामाजिक संजालमा कोरोनाको कहर भोहिरहेका कारुणिक तस्वीर र मृत्युदरको समाचार आइरहेको छ त्यसले मानसिक तनाब बढाउन र मनोबल घटाउन प्रमुख भुमिका खेल्छ । फलस्वरुप शरीर झन् कमजोर हुन्छ । अफिसियल समाचारहरुलाई दस मिनेट समय दिन सकिन्छ । यसो हुँदा जानकारीहरुबाट वन्चित हुनुपर्दैन ।
२.घरबाट बाहिर नै ननिस्किनुहोस् । प्रशस्त मात्रामा पानी पिउनुहोस् । खानामा रुचि नभए फलफुलहरु र जुस बिकल्प हुन सक्छन् । Pokari sweet, IQS जस्ता ग्लुकोजन्य पेयपदार्थ लिनुहोस् । बेसारपानी या दुधमा बेसार राखेर पिउनुहोस् । हरियो सागसब्जीहरु खानुहोस् । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
३.आफ्नो मनोबल बढाउनुहोस् । ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा कोरोना भएकै भन्ने हुँदैन ।भएको नै हो भने पनि बाहिर उपचार छैन, घरमा नै आफुलाई आइसोलेटेड गरेर राख्नु उपयुक्त देखिन्छ । हरेस खाइयो भने स्थितीले गम्भीर रुप लिन सक्छ ।
संयम हुने र मानसिक रुपमा स्वस्थ रहन सक्ने हो भने कोरोना पनि रुघाखोकी जस्तै नै हो । म पन्ध्र दिन घरभित्र बसेँ र मैले यिनै तीन कुरा आफुमा लागू गरेँ र आज स्वस्थ भएको छु । हरेक रोगको उपचार औषधी मात्र होइन रहेछ । सकारात्मक सोच, सरसफाई, र पौष्टिक आहारको बानी पारौँ, स्वस्थ रहौँ ।
( कागेश्वरी मनोहरा नगरपालिककि लेखक हाल जापानमा बसोवास गर्छिन )