गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले भोली बाट राहत वितरण गर्ने

गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले भोली बाट राहत वितरण गर्ने

कपन अनलाइन

काठमाडौं चैत्र २२।  गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले भोलि बाट राहत वितरण गर्ने भएको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक  लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा  बसोबास गरि  असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत वितरण गर्नको लागि लगत फारम संकलन  गरिएको थियो।

सोहि बिवरणको आधारमा गोकर्णेश्वर नगरपालिका बाट प्राप्त राहत  वडा नं ८ ले राहत वितरण गर्न लागेको वडा अध्यक्ष मनोज कुमार ढुंगानाले कपन अनलाइनलाइ बताए।उनले  निम्न मिति र समयमा भिड भाड नगरीकन   राहत वितरण गर्न लागिएको पनि जानकारी गराए साथै राहत लिन आउदा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपि सहित सम्पर्क गर्न अनुरोध गरिएको छ ।

मिती २०७६-१२-२३
डाडा गाउँ ,महांकाल भैरब मन्दिर ,समय -बिहान १२ बजे ,
नेपाली बजार आत्तरखेल , समय – दिउसो ३ बजे !

मिती २०७६-१२-२४

सरस्वती स्कुल समय – बिहान ८ बजे
ढोल्का धारा समय -बिहान १२ बजे
राधा कृष्ण मन्दिर – दिउसो ३ बजे

मिती २०७६-१२-२५
प्रगती चोक माकलबारी -समय बिहान ८ बजे राहत वितरण गर्ने तयारी गरिएको वडा सदस्य नन्दलाल श्रेष्ठले जानकारी गराए।

एउटा परिवारको लागि राहत सामाग्री  निम्न अनुसार हुने
चामल – ५ किलो
मुसुरो को दाल -१ किलो
चिउरा- १ किलो
चिनी- १ किलो
तेल- आधा लिटर
मसला – १ प्याकेट
नुन – १ प्याकेट
हात धुने साबुन- १ प्रदान गरिने  वडा सदस्य डम्बर बहादुर श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए।

उनले राहत लिन आउदा परिवार  र मुख्य मान्छेको परिचय खुल्ने कागजातको प्रतिलिपी अनिबार्य बोकेर आउन पनि अनुरोध गरेका छन् ।यस असहज परिस्थितिमा  असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग,असहाय र अति बिपन्न परिवार बाहेकका ब्यक्तिहरुले राहत सामग्री नबुझिदिन र राहतको लागि फारम समेत नभरी दिन  गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले पहिले नै जानकारी गराएको पनि उनले बताए ।

तपाइँको प्रतिक्रिया ।