सडक सुधारको माग गर्दै बुढानिलकण्ठका जनप्रतिनिधि काठमाडौ उपत्यका विकास प्राधिकरणको कार्यालयमा

सडक सुधारको माग गर्दै बुढानिलकण्ठका जनप्रतिनिधि काठमाडौ उपत्यका विकास प्राधिकरणको कार्यालयमा

कपन अनलाइन 

काठमाडौ,साउन ३०।

काठमाण्डौ जिल्ला क्षेत्र नं ४ का सांसद डा .राजन भट्टराईको नेतृत्वमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख सहितको टोलीले धोवीखोला कोरिडोर आयोजना सुधार परियोजना र यसको कार्यप्रगति वारेमा आयोजना प्रमुख संग छलफल गरेको छ ।

सांसद भट्टराईको  नेतृत्वमा गएको टोलीमा एमाले काठमाण्डौ जिल्ला सदस्य मिठाराम अधिकारी ,बुढानिलकण्ठ नगरपालिका वडा नं ८,९,१०,११,१२ र १३ का अध्यक्ष क्रमस सुमन तामांग ,राजेन्द्र सापकोटा ,नवराज भट्टराई ,राजु अधिकारी ,शम्भु भट्टराई र श्रीकृष्ण श्रेष्ठ ,वडा नं ९ का सदस्य पर्शुराम कार्की लगायतको सहभागिता थियो ।

सो टोलीले काठमाडौ उपत्यका विकास प्राधिकरण काठमाडौ जिल्ला आयुक्त दिपक श्रेष्ठ संग भेट गरी धोवीखोला कोरिडोरको कार्यप्रगति विवरण लिएका थिए भने कोरिडोरको काम चाडै सक्न अनुरोध पनि गरेका थिए।

काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्त दिपक श्रेष्ठले कोरिडोरको काम यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्ने र बुढानिलकण्ठ नगरपालिका भित्रका ८ मिटर भन्दा माथिका सडकहरुको निर्माण र सुधार प्राधिकरण आफैले गर्ने बताएका थिए।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।