वालकुमारी प्रारम्भिक विद्यालयको सुधारमा बुनपा १२ को चासो

वालकुमारी प्रारम्भिक विद्यालयको सुधारमा बुनपा १२ को चासो

कपन अनलाइन

काठमाडौ,साउन ३०।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को एक मात्र सार्वजनिक विद्यालय वालकुमारी प्रारम्भिक विद्यालयको अवस्था वारे त्यस वडाका जनप्रतिनिधिले चासो व्यक्त गरेका छन । विद्यालय प्रसासन र जनप्रतिनिधिहरुको संयुक्त बैठक बसेर विद्यालयको भौतिक ,शैक्षिक र अन्य पाटोको सुधारको वारेमा छलफल गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक र अन्य शिक्षक शिक्षिकाहरूलाई विद्यालयको समग्र पक्षको वारेमा जानकारी मागेको र चाडै विद्यालय व्यवस्थापन समिति संग बैठक गरेर विद्यालय सुधारको पहल थाल्ने बुनपा १२ का अध्यक्ष शम्भु भट्टराईले बताए ।

नेकपा एमाले बुनपा १२ ले आफ्नो चुनावी घोषणा पत्रमा वालकुमारी प्रावीलाई क्याम्पस बनाउने प्रतिवदत्ता व्यक्त गरेको थियो । वडा नं १२ मा यो विद्यालय मात्र सार्वजनिक विद्यालय हो जुन अहिले कक्षा ८ सम्म संचालित  छ ।

तपाइँको प्रतिक्रिया ।