उद्धव खरेलले माैन अबधिकाे अाचारसंहिता विपरित फेशबुकबाट प्रचार प्रसार
कपन अनलाइन, काठमाडाैँ । वुनपामा एमालेका मेयर पदका उम्मेदवार उद्धव खरेलले माैन अबधिमा सामाजिक सन्जालबाट चुनावी प्रचारप्रसार गरिरहेकेा पाइएकाे छ । खरेलकाे अाफ्नै फेशबुकमा ट्याग मात्र हैन अाफैले लेखेर पनि अब बुढानिलकण्ठ बनाउने जिम्मा एमाले भनेर केपि अाेलीसँगकाे फाेटाे सेयर गरेका छन् । खरेलले एउटै कुरालाइ शेयर पनि गरेकाे पाइएकाे छ ।
माैन अबधिमा स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ अनुसार एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न प्रतिबन्ध लगाईएको छ । त्यस्तै उम्मेदवार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न समेत प्रतिबन्ध लगाईएको छ ।
तपाइँको प्रतिक्रिया ।