चुनावी प्रचारप्रसारमा व्यस्त हुँदै राजु अधिकारी
कपन अनलाइन, काठमाडौँ । बुनपा ११ मा नेकपा एमालेबाट सर्वसम्मत भएका नेकपा एमालेका उम्मेदवार राजु अधिकारी प्रचारप्रसारमा व्यस्त भएका छन् । पार्टीले सिफारिस गरिसेको अवस्थामा घरघरमा गएर सर्वसाधारणसँग पार्टीका लागि भोट मागेर तथा युवा परिचालनका लागि युवाहरुसँग सामुहिक भेट गरेर दिन वितिरहेको अधिकारीले कपन अनलाइनसँग बताए ।
पार्टीभित्रको आन्तरिक तनावरहित वडाको रुपमा लिएको वडा नं. ११ साविक वुनपाका १३, १८ र १९ मिलेर बनेको छ । ४००० हाराहारी मतदाता रहेको यस वडामा राजु अधिकारीले नेपाली कांग्रेससँग प्रतिष्पर्धा गर्नेछन् । माओवादी केन्द्रले यो वडालाई उसको राम्रो जनाधार भएको वडाको रुपमा लिएको छ । माओवादी केन्द्रले रेवत तिमल्सिनालाई यस वडामा उठाउने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसले यस वडामा अझै उम्मेदवार तोक्न सकेको छैन ।
अरु पार्टीका उम्मेदवार को भए भन्ने विषयमा आफूले ध्यान नदिएको बताउँदै राजु अधिकारीले आफ्नो बलबुतामा जो सुकै आए पनि जित्न सकिने अवस्थामा सिर्जना गरिरहेको बताए । आफूले आजसम्म नेकपा एमालेमा बसेर गरेको योगदान तथा यस भेकमा विकासका लागि गरेको पहलका आधारमा भोट पाउने आशाले उनले गरे । राजु भन्छन, “स्थानीयस्तरमा मलाई मेरो कामले चिनाइसकेको छ ।” वुनपामा अनुगमन समिति सदस्य भएर लामो समय काम गरेका राजु अधिकारी एमाले जिल्ला कमिटि सदस्य पनि हुन् । ०५४ सालको चुनावमा उनी साविक कपन गाविस वडा नं. ५ वडाध्यक्ष थिए ।