स्वास्थ्य मन्त्रीको पहलमा वुनपामा नेपालकै पहिलो सिटि हस्पिटलका लागि सम्झौता

कपन अनलाइन, काठमाडौँ । काठमाडौं क्षेत्र नंम्बर ४ का सांसदसमेत रहेका स्वास्थ्य मन्त्री गगन थापाले वुनपामा देशकै पहिलो नगर हस्पिटलका नगरपालिकासँग समझदारी गरेका छन् । स्वास्थ्य मन्त्री थापाको पहल तथा उपस्थितिमा स्वास्थ्य मन्त्रालय तथा बुढानिलकण्ठ नगरपालिका सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत चैत २८ गते स्वास्थ्य मन्त्रालय र बुढानिलकण्ठ नगरपालिकाबीच सिटि हस्पिटलबारेमा सम्झौता भएको हो ।

 
वुनपा ८ स्थित भंगालमा रहेको सार्वजनिक स्थलम बन्न लागेको सिटि हस्पिटललाई यो वर्ष स्वास्थ्य मन्त्रालयले रु २ करोड उपलब्ध गराउने व्यवस्था गरेको छ भने हस्पिटल निर्माणका लागि आगमी वर्ष पुर्ण बजेट उपलब्ध गराउने तयारीमा स्वास्थ्य मन्त्रालय रहेको छ । वुनपामा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री थापाले आफ्नो निर्वाचन क्षेत्रमा पहिलो नगर अस्पताल निर्माणको तयारी गर्न पाएकोमा खुशी व्यक्त गरे ।

 

 
स्वास्थ्य मन्त्री भएपछि गगन थापाले गरेका कामको व्यापक प्रशंसा भैरहेको बेला पहिलो नगर अस्पताल बनाउने तयारीप्रति देशभर स्वागत भएको छ । पहिलो बुनपामा नगर अस्पताल बन्ने तयारीसँगै स्वास्थ्य मन्त्री गगन थापाले देशभरका नगरपालिका र गाउँपालिकामा एक एक अस्पतालको अवधारणा ल्याएका छन् ।

तपाइँको प्रतिक्रिया ।