चुनावी अभियानमा एमाले बुनपा १०, टोलटोलमा बिभिन्न कार्यक्रम हुँदै
कपन अनलाइन, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाका वडाभित्र नेकपा एमाले प्रचारप्रसारमा जुटेको छ । चुनावी मिति नजिकिँदै गरेको अवस्थामा टिकट कस्ले पाउने भन्ने विवादकै बीचमा एमाले नववर्ष ०७४ को शुभकामना आदानप्रदानको अवसरलाई चुनावी माहौलतिर लैजाने प्रयासमा देखिएको छ । वडाहरूमा प्रचारप्रसार कार्यालय स्थापना पनि तीव्र गतिमा भैरहेको छ । यसै क्रममा भोलि चैत्र २८ गते बुनपा १० को कार्यालय उद्घाटन हुदैछ।
बुनपाका सबै वडामा यस्ता चुनावी माहौल बनाउने खालको कार्यक्रम भैरहेको बुनपा १० कमिटिका अध्यक्ष नवराज भट्टराईले बताए । हिजो चैत्र २६ गते बुनपा १० को ज्योतिनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम गरेका नवराज भट्टराईले एमालेको पक्षमा चुनावी माहौल बनिरहेको बताए । अब नियमितरुपमा चुनावी वातावरण बनाउने खालको कार्यक्रम हुने भट्टराइले बताए ।
वडा नं १० मा टिकट जस्ले पाए पनि चुनावी माहोलमा असर नपर्ने किसिमले वातावरण बनाउन आफू लागेको भन्दै भट्टराईले पार्टीको सबै तहतप्का अब चुनाव केन्द्रित भएको जानकारी दिए । यसैबीच हिजो नै वडा नं. १२ मा पनि शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।