कपन एमाओवादीको २१ सदस्यीय समिति सार्वजनिक
पदीय दायित्व बाँड्न सकिएन, मिलाएर लैजान आन्तरिक छलफल जारी , सुभाष राइ प्यानेलको जित्ने संभावना देखियो ।
टीकाप्रथाको राजनीतिबाट प्रजातान्त्रिक लाइनमा आएको एमाओवादीको महाधिवेशन नजिकिँदै गर्दा देशभरी स्थानीय निकायमा आफ्नो अधिवेशन सञ्चालन गरिरहेको छ । बैद्य पक्ष अर्काे पार्टी खालेर बाहिरिएपछि केही कमजोर रहेको एमाओवादीमा हालसम्म भएको स्थानीय निकायको नतिजा हेर्दा दाहाल पक्षको वर्चश्व ज्यादा देखिएको छ । तथापि भट्टाराई पक्ष पनि आफ्नो राजनीतिक साख यथावत राख्न विविध राजनीतिक दाउपेचमा सक्रिय छ ।
कपनमा हिजो भएको एमाओवादीको प्रथम अधिवेशनले कपनमा एमाओवादीभित्र रहेको गुटगत राजनीतिको चरम नमुना देख्न पाइयो । सुभाष राई, शिव बजगाई, सत्यनारायण अधिकारी तथा मुरारी भण्डारीमा विभाजन भएको कपन एमाओवादीले २१ सदस्यीय नयाँ कमिटि त बनायो तर पदीय महत्व बाँड्न सजिलो भने देखिएको छैन । सबै गुटका व्यक्तिहरु २१ सदस्यीय समितिमा देखिएकाले पदीय महत्व बाँडफाँड गर्न गारो परेको हो । तर कपनमा भट्टराई पक्ष कमजोर रहेकोले दाहाल पक्षधरकै जीत हुने आंकलन गर्न सकिन्छ । सुभाष राइको समुहको जीत करिब पक्का मानिएको छ भने इन्चार्ज वा सेक्रेटरी पदमा दावी गर्ने मुरारी भण्डारी भने २१ सदस्यीय समितिमा समेत परेनन् ।
हिजोको अधिवेशनले चयन गरेको २१ सदस्यीय समितिको नामावली यसप्रकार रहेको छ ः सुभाष राई, शिव बजगाईं, इश्वरी ढकाल, लक्ष्मी धिताल, सत्यनारायण अधिकारी, भुपेन्द्र तिमिल्सिना, हेमा अधिकारी, सगुन भण्डारी, सँजिता लुइँटेल, सबिता श्रेष्ठ, सन्तोष लिम्बु, राजेन्द्र गुरागाईं, बाबुकाजी भट्टराई, हरि लामा, राम लामा, श्याम के.सी., महेश गौतम, श्याम प्रजापति, द्वारिका ढकाल, श्याम पोखरेल, बुद्ध सिंह तामाङ ।
त्यसैगरी अधिवेशनले जिल्ला सम्मेलन प्रतिनिधिको रुपमा ११ सदस्यीय नामावली तयार गरेको छ । उनीहरुको नाम यसप्रकार रहेको छ ः भरतमणि पौडेल, भागिरथ श्रेष्ठ, कुसुम वि.क., महेन्द्र वि.क., माधव भट्टराई, दूर्गा धिताल, विक्रम अधिकारी, म.राज खान, माधवप्रसाद आचार्य र मुरारी भण्डारी ।